वाइसिएल सल्यानको अध्यक्षमा मल्ल

  
  प्रकाशित मितिः आइतवार, अशोज १४, २०६९       | 80 Views   ||

सल्यान, असोज १३ । एकीकृत माओवादीको युवा संगठन वाइसिएल सल्यानको दोस्रो जिल्ला सम्मेलनले मानबहादुर मल्लको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला समिति चयन गरिएको छ । वाइसिएलको शनिबार श्रीनगरमा सम्पन्न दोस्रो जिल्ला सम्मेलनको बन्द सत्रले उक्त कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिका उपाध्यक्षहरुमा भुपबहादुर बुढा, मंगल देवकोटा, गणेश बुढाथोकी र कृष्ण विक रहनुभएको छ । त्यस्तै सचिव शोभाराम भण्डारी, सह–सचिव लक्ष्मण नेपाली र उमा परियार रहनुभएको छ भने कोषाध्यक्ष प्रकाश भण्डारी रहनुभएको छ । बन्द सत्रमा सहभागी साढे तीन प्रतिनिधि तथा पर्यवेक्षकहरुलाई वाइसिएल अध्यक्ष गणेशमान पुन, एकीकृत नेकपा माओवादी महाधिवेशन आयोजक समिति सदस्य टेकबहादुर बस्नेत र जिल्ला संयोजक भीमप्रकाश शर्माले राजनैतिक प्रशिक्षण दिनुभएको थियो । सम्मेलनबाट निर्वाचित नयाँ कार्यसमितिको घोषणा आइतबार श्रीनगरमा खुल्ला कार्यक्रमको आयोजना गरी सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *