क्रान्तिकारी पत्रकार संघ रोल्पाको अध्यक्षमा श्रेष्ठ

  
  प्रकाशित मितिः आइतवार, अशोज १४, २०६९       | 66 Views   ||

रोल्पा, असोज १३ । क्रान्तिकारी पत्रकार संघ रोल्पाको तेस्रो जिल्ला सम्मेलनले मनिषा श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ । बुधबार सम्पन्न सम्मेलनले श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारहरुको पक्षमा हाम्रो आन्दोलन, पेशागत एकता र सुदृढ संगठनको लागि तेस्रो जिल्ला सम्मेलन भन्ने नाराका साथ सदरमुकाम लिवाङको कर्मचारी मिलनकेन्द्रको हलमा सम्पन्न सम्मेलनको प्रमुख अतिथि एकीकृत माओवादी महाधिवेशन आयोजक समिति सदस्य तथा रोल्पा जिल्ला सम्मेलन आयोजक समिति संयोजक राजबहादुर बुढा ‘अविनाश’ले उद्घाटन गर्नुभएको थियो ।

सम्मेलनले मनिषा श्रेष्ठको अध्यक्षतामा ४ पछि थप्ने गरी १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिका पदाधिकारीहरुमा उपाध्यक्ष नविन रोका मगर, सचिव पूर्णसिंह बिक, सहसचिव ज्ञानेन्द्र शर्मा र कोषाध्यक्षमा खुबिना सुनारी रहनुभएको छ । समितिका सदस्यहरुमा देवी गुरुङ, सपना रोका मगर, मेखबहादुर रोका मगर, भरत नेपाली, भिष्मा बिक, रेशम बिक, पहलमान डाँगी, घनश्याम केसी, स्मृति रोका मगर र श्याम लेकाली रहनुभएको छ । सम्मेलनपछि बसेको प्रथम बैठकले पदाधिकारीसहितको ७ सदस्यीय सचिवालय समिति गठन गरेको छ । जसमा सदस्यहरु सपना रोका मगर र पहलमान डाँगी रहनुभएको छ । त्यस्तै बैठकले प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारको पक्षमा वकालत गर्ने साथै पेशागत एकताको लागि प्रतिबद्ध रहने निर्णय गरेको छ । बैठकले चेतन कुवँर, मनोज घर्ती, विपिन कुँवर, धनिराम शर्मा र मानसिंह बिकलाई सल्लाहकारमा मनोनयन गरेको छ ।

सम्मेलनको उद्घाटन सत्रमा विशिष्ट अतिथि एवं क्रान्तिकारी पत्रकार संघ राष्ट्रिय सम्मेलन आयोजक समिति सचिवालय सदस्य तथा मगराँत राज्य संयोजक मौसम रोका, एकीकृत माओवादी मगराँत राज्यसमिति सदस्य राजकुमार कक्षपति, पर्वत, नेपाल पत्रकार महासंघ रोल्पाका संस्थापक अध्यक्ष काँशीराम डाँगी, निवर्तमान अध्यक्ष खेम बुढा, नेपाल पत्रकार महासंघ रोल्पाका उपाध्यक्ष हिरा घर्तीमगरलगायतले शुभकामना दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *