क्रान्तिकारी पत्रकार संघ सल्यानको अध्यक्षमा प्रतिकइच्छुक

  
  प्रकाशित मितिः आइतवार, अशोज १४, २०६९       | 87 Views   ||

जनउभार समाचारदाता
सल्यान, असोज १३ । प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारको पक्षमा हाम्रो आन्दोलन, पेशागत एकता र सुदृढ संगठनका लागि दोस्रो जिल्ला सम्मेलन भन्ने मूल नाराका साथ सम्पन्न क्रान्तिकारी पत्रकार संघ, नेपाल सल्यानको दोस्रो जिल्ला सम्मेलनले प्रतीकइच्छुक शर्माको अध्यक्षतामा दुई पछि थप्ने गरी १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिका पदाधिकारीहरुमा उपाध्यक्ष दिपककुमार शर्मा सचिव धनेन्द्रविमल ओली, सह–सचिव गीता बोहरा र दिपसागर भण्डारी, कोषाध्यक्ष योगराज विक रहनुभएको छ । त्यस्तै सचिवालय सदस्यमा ललिता यरी र सदस्यहरुमा प्रेमराज गिरी, प्रकाश शर्मा, निता खड्का, पुष्पा बोहरा, विमलराज डिसी र इन्द्रबहादुर बुढाथोकी रहनुभएको छ ।

सम्मेलनले विपना बुढाथोकी, समीरश्री वली, भीमबहादुर परियार, तिलकराज वली, लिलाबहादुर रोका, तेजबहादुर थापा र गोपाल शर्मालाई केन्द्रीय पार्षद्मा मनोनयन गरेको छ । त्यसैगरी शालिकराम शर्मा, पूर्ण भण्डारी ‘पंकज’ र रमण गौतमलाई सल्लाहकारमा मनोनयन गरेको छ । संयोजक प्रतीकइच्छुक शर्माको अध्यक्षतामा भएको सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि एकीकृत नेकपा माओवादीका महाधिवेशन आयोजक समिति सदस्य कृतिबहादुर पुनले अग्रगामी परिवर्तनका पक्षमा नेपाली पत्रकारहरुको योगदान महत्वपूर्ण भएको बताउनुभयो । सूचना सञ्चार क्षेत्रमा आएको क्रान्तिलाई जनताको पक्षमा बदल्न पत्रकारहरुको भूमिका बढेको उहाँको भनाई थियो ।

कार्यक्रमका विशिष्ट अतिथि क्रान्तिकारी पत्रकार संघ राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य नरेन्द्र केसीले पत्रकारहरु आफ्नो पेशाप्रति मर्यादित बन्दै समाज परिवर्तनका लागि कलम चलाउनुपर्ने बताउनुभयो । सो अवसरमा एकीकृत नेकपा माओवादी तेस्रो जिल्ला सम्मेलन आयोजक समिति संयोजक भीमप्रकाश शर्मा, क्रान्तिकारी पत्रकार संघ राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा दाङका उपाध्यक्ष डिल्ली मल्ल, पूर्वजनमुक्ति सेना संघका संयोजक दिपक शाही, वाइसिएल सल्यानका अध्यक्ष गणेश शाही, नेपाल पत्रकार महासंघ सल्यानका कोषाध्यक्ष पुरुषोत्तम गिरी, नागरिक समाजका संयोजक एवम् नेपाल पत्रकार महासंघका सल्यानका संस्थापक अध्यक्ष हरिशरण आचार्य, प्रेस यूनियनका सचिव सनतकुमार शर्मा र प्रेस चौतारीका जिल्ला सदस्य प्रकाश भण्डारीले सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *