परिषद्को अध्यक्षमा ओम पन्छी

  
  प्रकाशित मितिः आइतवार, अशोज १४, २०६९       | 119 Views   ||

-[नवीन लोचन मगर]

रोल्पा, असोज १३ । ललित साहित्य परिषद् रोल्पाको पाँचौ अधिवेशनबाट ओम पन्छीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । शनिबार लिवाङमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा भवगती बुढामगर, महासचिवमा केवी विरही, सचिवमा खेमराज गाउँले, कोषाध्यक्षमा दिलकुमारी बुढामगर र सह–कोषाध्यक्षमा कूल अवशेष रहनुभएको छ । त्यस्तै समितिका सदस्यहरुमा नारायण रेग्मी, नवीन लोचन मगर, सिर्जना सेन, दिपशिखा विष्ट र कल्पना सोनाम रहनुभएको छ । अधिवेशनकै अवसरमा परिषद्को १२ औं साधारणसभासमेत सम्पन्न भएको छ ।

यसैबीच युवा गजलकार नवराज बुढा ‘नवीन उदासी’को पहिलो गजलसङ्ग्रह ‘पर्खाइका बाटाहरु’ शनिबार लिवाङमा लोकार्पण गरिएको छ । रोल्पाको बुढागाउँ घर भई हाल रोजगारको शिलशिलामा मलेसियामा रहनुभएका उदासीको गजलसङ्ग्रह प्रगतिशील लेखक संघ नेपालका केन्द्रीय सदस्य तथा ललित साहित्य परिषद् रोल्पाका मानार्थ सदस्य गौरीकिरण डाँगीले गर्नुभयो । ललित साहित्य परिषद् रोल्पाको पाँचौं अधिवेशन तथा १२ औं साधारणसभाको अवसरमा कृति विमोचन गरिएको हो । १ सय १ वटा गजल रहेको सङ्ग्रहको समीक्षा गोकर्ण पुनमगरले गर्नुभएको थियो ।

यस्तै कार्यक्रममा दीयो नवप्रतिभा पुरस्कारबाट ‘समर्पण’ गजलसंग्रह प्रकाशित गरेबापत जलजला रोकामगरलाई प्रदान गरिएको छ । त्यस्तै, मिलन स्मृति साहित्य प्रतिभा पुरस्कारबाट ‘जीवन उपदेश’ गजलसंग्रह प्रकाशित गरेका गजलकार रेशम संगीतलाई प्रदान गरिएको छ । वर्षभरिमा कृति प्रकाशन गर्नेमध्ये कान्छो कृतिकारलाई दीयो नवप्रतिभा पुरस्कार वितरण गरिन्छ भने श्रृङ्गारिक धारामा गजल लेख्ने स्रष्टालाई मिलन स्मृति साहित्य प्रतिभा पुरस्कार प्रदान गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *