बुद्धिजीवी संगठनको जिल्ला भेला

  
  प्रकाशित मितिः आइतवार, अशोज १४, २०६९       | 90 Views   ||

घोराही, असोज १३ । नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन दाङको शनिबार घोराहीमा सम्पन्न दोस्रो जिल्ला भेलाले भानुभक्त शर्माको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति गठन गरेको छ । जसका उपाध्यक्षहरुमा सर्जन गौतम, अरुण सुवेदी, केदार आचार्य र बामदेव पौडेल, सचिव शैलेन्द्र गिरी, कोषाध्यक्ष इन्दु बस्नेत र सहसचिव धनीराम चौधरी रहनुभएको छ । त्यस्तै सदस्यहरुमा कुम्बीर डाँगी, रमेश घिमिरे, बलबीर बुढाथोकी, बंशीधर आचार्य, प्रभा ओली, बुद्धि अधिकारी, हिरा ओली, शान्तराज पन्थी, लक्ष्मीप्रसाद आचार्य, बुद्धि धिताल, प्रकाश घिमिरे र तुलसीराम भण्डारी रहनुभएको छ । शर्मा यसअघि पनि सो संगठनको अध्यक्ष हुनुहुन्थ्यो ।

भेलालाई सम्बोधन गर्दै संगठनका थारुवान राज्य संयोजक शालिकराम सापकोटाले पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान तथा संविधानसभाबाटै संविधान निर्माण गर्न बौद्धिकस्तरबाट हस्तक्षेप गर्न बुद्धिजीवीहरुलाई आग्रह गर्नुभयो । आयोजक समितिका संयोजक सर्जन गौतमको अध्यक्षतामा भएको भेलालाई प्रमुख अतिथि सापकोटा, विशिष्ट अतिथि एकीकृत नेकपा माओवादीका महाधिवेशन आयोजक समिति सदस्य जगप्रसाद शर्मा ‘अपार’लगायतले सम्बोधन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *