-[मेगराज खड्का]
रुकुम, असोज १३ । समयमा आकासे पानी नपरेर ढिला मकै लगाउदा चिन्चित बनेका रुकुमवासीलाई फेरी अर्का चिन्ताले सताएको छ । बारीमा पाक्न थालेको मकै जंगली जनावर स्याल, दुम्सी, खरायो, बाँदरले खान थालेपछि रुकुमका किसानहरुलाई मकै जोगाउन समस्या हुँदै आएको छ ।
जिल्लाका स्यालाखदी, सिस्ने, गोतामकोट, तकसेरा, कोल, छिबाङ, पेउघा लगायत गाविस क्षेत्रमा जंगली जनावरले अहिले आतंक मच्चाउन थालेपछि किसानहरु दिन, रात मकै बारीमा सेन्ट्री गर्ने गरेका छन् । उनीहरु कसैले खेतबारीको डिलमा गएर दमाहा, ढ्ङग्रो, टिन तथा थालीहरु बजाएर जंगली जनावर धपाउने गरेका छन भने कोही खेतबारीको छेउमा बसेर मकै जोगाउने गरेका छन् । सिँचाई सुविधा नहु“दा गहुँ बाली उत्पादन नहुने तथा प्रति कुल मौसममा फलेको मकै पनि जनावरले खाई दिदा किसानहरुलाई बर्षभरी के खाने भन्ने चिन्ताले समेत सताएको छ ।
जिल्लाका केही कृषकहरुले मकै छिटो पाकेर भि¥याएको भएपनि धेरै गाविसका कृर्षकहरुलाई अहिले मकै जोगाउने चटारो छ । उनीहरु घरको दैनिकी कामकाज छोडेर दिनभर बाँदर लगायतका अन्य जंगली जनावर हेर्नु पर्दा निकै चिन्तित समेत भएकाछन । “पाक्नै लागेको मकै बाँदरले खाइदिन थाल्यो” रुकुम छिवाङ ५ का कृषक गम्भिर खड्काले भने, “बाँदरले केहि मकै त खाईसक्यो बाँकी रहेको मकै जोगाउन धेरै समय खेतबारीको डिलमा बसेरै समय बित्छ ।” उनी मात्र होइन रुकुम पेउघा ९ का स्थानीय कृषक दलबहादुर ओलीलाई पनि बाँदर लगायतका अन्य जंगली जनावरले निकै सताएका छ । “खेतबारीको मकै जोगाउन हम्मेहम्मे परेको छ” पुनले भने, नहेरी नहुने बाध्यता भएको छ, जंगली जनावरलाई खेतबारीको मकै खान दिए हामी के खाने ।” उनका अनुसार एकछिन पनि बारीमा जाने होइन भने सिङगै बारी रित्तै बनाउने डर भएकोले सबै गाउँलेहरु पालैपालो बारीमा गएर हेर्नुपर्ने बाध्यता रहेको छ । “जंगली जनावरलाई नहेरै भने गरै सखाप पार्छ” रुकुम पेउघा ९ का प्रेम ओलीले भने, “एक्लो दुख्लो ह“ुदा जनावरले पनि आक्रमण गर्ने डर पनि त्यतिकै छ ।” त्यसक्षेत्रका बासिन्दाको लागि मुख्य खाद्यान्न बालीको रुपमा मकै बालीलाई लिने गरिन्छ ।