क्रान्तिकारी पत्रकार संघ रुकुमको अध्यक्षमा रोका

  
  प्रकाशित मितिः सोमवार, अशोज २२, २०६९       | 142 Views   ||

रुकुम, असोज २२ । क्रान्तिकारी पत्रकार संघ, नेपाल रुकुमको दोस्रो जिल्ला सम्मेलनले कमला रोकाको अध्यक्षतामा १ पछि थप्ने गरि १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । ‘प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारको पक्षमा हाम्रो आन्दोलन, पेशागत एकता र सुदृढ संगठनका लागि दोस्रो जिल्ला सम्मेलन’ भन्ने मूल नारासहित आइतबार सदरमुकाम मुसिकोट खलंगामा सम्पन्न सम्मेलनले नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिका पदाधिकारीहरुमा उपाध्यक्ष बीरबहादुर मल्ल र डम्बर विष्ट, सचिव मेगराज खड्का, सहसचिव गणेशकुमार सिर्पाली र हरि गौतम एवम् कोषाध्यक्ष मेनुका परियार रहनुभएको छ । त्यस्तै सदस्यहरुमा प्रेमकला बाँठा, विरेन्द्र रोकाय, देवकुमार ओली, लोकेन्द्र खनाल र दिपक गौतम रहनुभएको छ । सम्मेलनले २ पछि थप्ने गरि १० सदस्यीय केन्द्रीय प्रतिनिधि छनोट गरेको छ । केन्द्रीय प्रतिनिधिहरुमा टेकबहादुर ओली, अमित पुनमगर, कोपिला विएम, बलबहादुर ओली, धनकुमार शाही, गोपाल रेग्मी, शेरप्रसाद ढकाल र प्रकाश ओलीलाई मनोनयन गरेको छ ।

नवनिर्वाचित कार्यसमितिलाई संघको प्रथम राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक गोविन्द आचार्य, राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य एवम् मध्यपश्चिम संयोजक सचिन रोकालगायतले बधाई तथा शुभकामना दिनुभएको थियो ।

सम्मेलनले निम्नअनुसार ५ बुँदे समसामयिक प्रस्ताव पारित छ ।

१. जनताको सु–सूचित हुन पाउने अधिकारको पक्षमा अविचलितरुपमा आफ्नो कलम जनपक्षीय पत्रकारिताको क्षेत्रमा चलाउँदा चलाउँदै उच्च शहादत प्राप्त गर्ने महान शहीद कृष्ण सेन ‘इच्छुक’लगायत सम्पूर्ण शहीद पत्रकार एवम् जनजिविका र जनतन्त्रको पक्षमा लड्दालड्दै आफ्नो जीवन कुवार्नी गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात शहीदहरुप्रति यो सम्मेलन उच्च सम्मानका साथै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै राज्यद्वारा बेपत्ता पारिएका पत्रकार मिलन नेपालीलगायतका बेपत्ता पत्रकारहरुको स्थिति यथासिघ्र सार्वजनिक गर्न यो सम्मेलन राज्यसँग जोडदार माग गर्दछ ।

२. सञ्चारमाध्यमको बढ्दो संख्यासँगै श्रमजीवी पत्रकारहरुमाथि बढ्दै गएको शोषणको अन्त्य गर्न तत्काल श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न यो सम्मेलन सबै सञ्चारमाध्यमलाई आव्हान गर्दछ । श्रमजीवी पत्रकार ऐन कार्यान्वयन भए÷नभएको अनुगमन गरि कार्यान्वयन नगर्ने सञ्चारमाध्यमलाई कारवाही चलाउन यो सम्मेलन सरकारसँग जोडदार माग गर्दछ ।

३. रुकुम जिल्लाको सन्दर्भमा यसअघि गैरपत्रकारहरुलाई नेपाल पत्रकार महासंघको सदस्यता वितरण गरिएको र यसले पत्रकारिता पेशाको मर्यादामा गम्भीर खालको आँच पु¥याएको तथा क्रियाशील पत्रकारलाई हतोत्साहित तुल्याएको तीतो सत्य कतैबाट छिपेको छैन । तसर्थ गैरपत्रकारहरुको सदस्यता तुरुन्त खारेज गरि क्रियाशील पत्रकारहरुलाई सदस्यता वितरण गरियोस भन्ने महासंघसमक्ष यो सम्मेलन जोडदार माग गर्दछ ।

४. साम्राज्यवादी विस्तारवादी तथा दलाल पूँजीवादी वर्गले बहुसंख्यक जनताको विरुद्धमा सूचना साम्राज्य जमाइरहेको र त्यसको प्रतिरोध र बहुसंख्यक श्रमजीवी जनताको पक्षमा सूचना सम्प्रेषण गर्न विश्व सूचना केन्द्रको स्थापनामा यो सम्मेलन बिशेष जोड दिन चाहन्छ ।

५. श्रमजीवी पत्रकारिताको मुलधारको पहिचान गर्दै क्रान्तिकारी पत्रकार संघमा आवद्ध भई श्रमजीवी पत्रकारको हकअधिकारको सुनिश्चितताको अभियानमा समाहित हुन यो सम्मेलन सम्पूर्ण पत्रकार साथीहरुमा हार्दिक अपील गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *