आन्तरिक रोजगार वृद्धि गरौं : राजकर्णिकार

  
  प्रकाशित मितिः आइतवार, अशोज २८, २०६९       | 102 Views   ||

दाङ, असोज २८ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले व्यवसायीहरुले अहिले दुई अंकको आर्थिक वृद्धिदर खोजिरहेको उल्लेख गर्दै त्यसको वातावरण तयार गर्न आन्तरिक रोजगार वृद्धि गर्नुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लव नेपाल दाङले तुलसीपुरमा आइतबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष राजकर्णिकारले आन्तरिक रोजगार बढाउन स्वदेशी लगानीलाई प्रोत्साहन गर्दै विदेशी लगानी भित्र्याउनुपर्ने सुझाव दिनुभयो ।

‘हामीले दुई अंकको आर्थिक वृद्धिदर हाँसिल गर्न भर्खरै ५० वटा नयाँ योजनाहरु ल्याई सरकारलाइ बुझाइसकेका छौं, त्यसको कार्यान्वयन गर्ने÷नगर्ने सरकारको कुरा हो’– वरिष्ठ उपाध्यक्ष राजकर्णिकारले भन्नुभयो । त्यसै अवसरमा बोल्दै उहाँले पश्चिम दाङलगायत पूर्वी तराईका केही क्षेत्रहरुमा समेत साना समूहहरुको चन्दा आतंक जारी रहेको उल्लेख गर्दै त्यस्ता समूहलाई निरुत्साहित गर्न सुरक्षा निकायहरु गम्भीर बन्नुपर्ने पनि बताउनुभयो । व्यवसायीहरुलाई किटानी चन्दा माग भैरहेको अवस्थामा उद्योग वाणिज्य महासंघले भर्खरै मुख्य राजनीतिक दलका प्रमुखहरुलाइ भेटी यो विषयमा सुरक्षा निकायलाई चनाखो बनाउनसमेत आग्रह गरेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै उहाँले व्यवसायीहरु अहिले राजस्व आतंकको अवस्थाबाट समेत गुज्रिरहेको बताउनुभयो । ‘साना समुहहरुको हतियारसहितको चन्दा आतंक एकातिर छ भने अर्कोतिर राजश्व आतंक पनि व्यवसायीहरुले खेपिरहेका छन्, उपाध्यक्ष राजकर्णिकारले भन्नुभयो– ‘राजश्व कर्मचारीबाहेक सशस्त्र प्रहरीले पनि राजश्वका बहानामा व्यवसायीहरुलाई दुःख दिने गरेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *