अपाङ्गहरुलाई सुविधा दिन स्थानीयस्तरमा जानुपर्ने

  
  प्रकाशित मितिः आइतवार, अशोज २८, २०६९       | 153 Views   ||

दाङ, असोज २८ । अपाङ्गता भएका व्यक्तिहरुको समस्या पहिचान र सेवा प्रदानका लागि गाबिसस्तरमा शिविर सञ्चानल गरेमात्रै समस्या समाधान हुने आइतबार घोराहीमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिएका छन् । अपाङ्ग परिचय–पत्र वितरण प्रकृया, अपाङ्ग भत्ता र सर्वोच्च अदालतको फैसला कार्यान्वयन तथा अपाङ्गहरुको तथ्याङ्क संकलनको विषयमा आइतबार घोराहीमा अपाङ्ग मानवअधिकार सरोकार मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन् ।

वक्ताहरुले जिल्लामा अझै पनि कति अपाङ्ग छन् भन्ने यकीन तथ्याङ्क संकलन हुन नसकेको र केही अपाङ्गहरुलाई स्वास्थ्य जाँचका लागि यहाँका अस्पतालहरुमा यन्त्रहरु नभएको भन्दै पहलका लागि सबैले चासो दिनुपर्ने बताएका छन् । त्यस्तै, अपाङ्गता परिचयपत्रको बिषयमा पनि अन्योल रहेको भन्दै स्पष्ट निर्देशिकाको आवश्यकता रहेको अपाङ्गता भएका व्यक्तिहरुले माग गरेका छन् । उनीहरुले सर्वोच्च अदालतले गरेका फैसलाहरुको स्वागत गर्दै व्यवस्थित कार्यान्वयनमा जोड दिएका छन् । अपाङ्गहरुलाई दिइने सेवासुविधामा पनि कोटा प्रणाली गरिनुले अन्याय भएको भन्दै अपाङ्गता भएका व्यक्तिहरुले सवारी साधनमा पाउनु पर्ने छुट पनि नपाउने गरेको गुनासो गरेका थिए ।

मञ्चका अध्यक्ष चिन्तामणि पौडेलको अध्यक्षता एवं नागरिक समाज दाङका सचिव चन्द्रराज पन्तको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा जिविसका सामाजिक बिकास अधिकृत बालकृष्ण खनाल, शिक्षा कार्यालयका बिद्यालय निरिक्षक बासुदेव लामिछाने, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख चन्द्रप्रकाश देवकोटा, एमालेका शम्भुु गौतम, नेकपा–माओवादीका सेशुराम भण्डारी, सामुदायिक वन उपभोक्ता महासंघका सचिव हेमराज शर्मा लगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *