नौलो जनउभार साप्ताहिक १५ बर्षमा

  
  प्रकाशित मितिः सोमवार, मंसिर २५, २०६९       | 219 Views   ||

दाङ, मंसिर २५ । दाडबाट निरन्तर प्रकाशित नौलो जनउभार साप्ताहिक यही मंसिरदेखि १४ बर्ष पूरा गरेर १५औं बर्षमा लागेको छ । २०५५ सालदेखि प्रकाशित हुन थालेको यस साप्ताहिकले राज्य पक्षबाट प्रताडित भएर संकटकालको अवधिभर बन्द हुनुपरेको थियो । शान्ति प्रकृया शुरु भएसँगै २०६३ देखि नियमितरुपले प्रकाशन भइरहेको यस साप्ताहिकले अग्रगामी परिवर्तन र सामाजिक रुपान्तरणका पक्षमा आफूलाई उभ्याउँदै अघि बढिरहेको छ ।

यसैबीच पत्रिकाका प्रकाशक निर्मल आचार्यले पत्रिकाको टोलीलाई धन्यवाद दिदै पत्रिकालाई यहाँसम्म ल्याइ पु¥याउन सहयोग गर्नुहुने सम्पूर्ण पाठक, शुभचिन्तक, लेखक, विज्ञापनदाताका साथै अमूल्य सल्लाह सुझाव प्रदान गर्नुहुने सबैप्रति आभार प्रकट गर्नुभएको छ । साथै उहाँले निरन्तर सहयोगको अपेक्षा पनि व्यक्त गर्नुभएको छ । अप्ठ्यारो परिस्थितिमा पनि जनताको पक्षमा निर्भिकता साथ उभिएर जिल्लाबाट सबैभन्दा पहिले गणतन्त्रको पक्षमा पत्रकारिताको कलम चलाउने गौरवपूर्ण इतिहास बोकेको यस पत्रिकाले जनताकै पक्षमा रहेर पत्रकारिता गर्नेछ, विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नयाँ बर्षमा प्रवेश गरेको अवसरसँगै यस पत्रिकामा सह–सम्पादकको जिम्मेवारी निर्वाह गर्दै आउनुभएका डिल्ली मल्ल कार्यकारी सम्पादकमा नियुक्त हुनुभएको छ । २०६३ सालदेखि यस साप्ताहिकमा काम गर्दै आउनुभएका मल्लको थप जिम्मेवारीका लागि बधाई ज्ञापन गर्दै जनउभार परिवार उहाँको कार्यकाल सफलताको कामना गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *