गाउँ सम्मेलन अभियान, नयाँ नीति र नेतृत्वको निर्माण

  
  प्रकाशित मितिः सोमवार, मंसिर २५, २०६९       | 169 Views   ||

-[जगप्रसाद शर्मा ‘अपार’]

शान्ति, जनसंविधान र राष्ट्रिय स्वाधीनताको पक्षमा हाम्रो आन्दोलन, सुधारवाद, अराजकतावाद र फुटवादका विरुद्धमा प्रथम गाउँ सम्मेलन’ भन्ने मूल नाराका साथ कार्तिक १४ गतेदेखि २६ गतेसम्म दाङ जिल्लाभरि व्यापक उत्साहका साथ एकीकृत नेकपा माओवादीका गाउँ सम्मेलनहरु सम्पन्न भएका छन् । निश्चय पनि देशको राजनीति यतिबेला तरलता, संक्रमण र पट्यारलाग्दो एवम् गत्यावरोधकै अवस्थामा छ । आन्तरिकरुपमा पार्टी फुटको नमीठो प्रक्रियाबाट गुज्रिएर आएको छ । स्थानीयस्तरमा नेता, कार्यकर्ता र जनता मानो रोपेर फलेको मुरीलाई भिœयाउन सारा तागत लगाएर लागिरहेका छन् । परिस्थिति प्रतिकूल  हुँदाहुँदै पनि नयाँ ऊर्जा र उद्देलन एवं नितान्त नयाँ आधार र विश्वासका साथ सारा पार्टी सदस्यहरुले प्रथम गाउँ सम्मेलनमा सक्रियतापूर्वक भाग लिएर नयाँ नीति र नेतृत्व निर्माण गरेका छन् ।

नयाँ पार्टी निर्माणको यो अभियानले साच्चै पुनः फेरि पार्टी जीवनमा नयाँ रक्त संन्चार पैदा गरेको छ । पार्टी कमिटीहरुलाई एक रुपतामा ढालेर सिङ्गो पार्टी कमिटीहरु एकै पटक चुस्त, दुरुस्त र व्यवस्थित हुन पुगेकाछन् । स्थानीय तहदेखि जनताहरुमा पुनः फेरि बिश्वास पैदा मात्र भएको छ्रैन बरु पार्टी र जनता अर्थात जनता र नेता कार्यकर्ताको सम्वन्ध गुणात्मक ढंगले सुदृढ भएको छ । जनताको माओवादी प्रतिको शंका र आशंका मेटिएर नयाँ हार्दिकता र विश्वासमा  परिणत हुन शुरु भएको छ ।

गाउँ सम्मेलनको अभियानले एकातिर संगठन सुदृढिकरण गरेकोछ भने अर्कोतिर स्थानीय रुपमा नीति तथा कार्यक्रमको मार्ग चित्र कोर्नुका साथै पार्टी नेतृत्व पंतिmलाई नयाँ आधारमा टेष्टेड गर्दैं जन सम्बन्ध सुदृढ गर्न पुगेको छ । यसले एकैपटक एकातिर पार्टीको श्रेष्ठ नीति र विचारको प्रयोग र विकास गरेको छ भने अर्कोतिर पार्टीको काम गर्ने नितान्त नयाँ तरिका जो आवश्यक पर्दा लचकताको पराकाष्ठा एवं दृढताको पराकाष्ठामा पुग्ने माओवादी स्प्रिरिटलाई व्यवहारतः सिद्ध गरेको छ । गाउँ सम्मेलनको अभियानले एकैपटक दुइवटा सत्य उजागर गरिदिएको छ ।

पहिलो, माओवादी पार्टीमा भएको फुट राजनैतिक, वैचारिक र सांगठनिक भन्दा पनि मनोवैज्ञानिक ढंगको फुट हो भन्ने आम कार्यकर्ता पंतिmले प्रमाणित गरिदिएका छन् । राजनैतिक, वैचारिक रुपले फुटवादीले फुटको औचित्य पुष्टि गर्न सकेका छैनन् किनकि क्रान्ति फुटेर हैन जुटेर हुन्छ । नयाँ ढंगको पार्टी निर्माणको सवाल विचारको सहीपना र जनअनुमोदनद्वारा नै हुने हो न कि कुनै कोठे अध्ययन र किताबी दर्शनद्वारा । स्वाभाविकरुपमा माथितिर फर्किएको पार्टीलाई जनदिशाको प्रयोगद्वारा जनतातिर फर्काउने जुन स्प्रीड हो, यसले पार्टीको रुपान्तरणकै नयाँ प्रक्रिया शुरु गरेको छ ।

दोश्रो, एकीकृत नेकपा माओवादीको विकल्प अहिले अर्को कुनै राजनैतिक पार्टी छैन भन्ने सत्य पनि सगसगै उजागर गरिदियो । शान्ति प्रक्रियामा आएपछि माओवादी पार्टीबारे शंका, आशंका, अविश्वास र प्रश्नहरु त अवश्य उठेका छन् । यसको अर्थ माओवादीको विकल्प अर्को तयार भयो या जनताले अर्को देखिसके, रोजिसके भन्ने कदापि वास्तविकता हैन । बरु वास्तविकता त यो हो माओवादी पार्टी अपेक्षाकृत राम्रो बनोस् भन्ने चाहना, शुभेच्छा र खबरदारी चाहिँ अवश्य हो । अहिले नै माओवादीको विकल्प अन्य कुनै राजनैतिक पार्टी नभएर स्वयं एकीकृत नेकपा माओवादी नै हो ।

वैचारिकरुपमा चुरो कुरा नयाँ मोडेलद्वारा नेपाली क्रान्तिलाई पूर्णता दिने र विश्वक्रान्तिको मार्गप्रशस्त गर्ने हो । क्रान्तिलाई पूर्णता दिने कुरा नयाँ मोडेलको राज्यव्यवस्थाको अवधारणा अगाडि नसारिकन असम्भव नै छ । जनसहभागितासहितको सिङ्गो पार्टीपंक्ति नयाँ मोडेलको क्रान्ति र राज्यव्यवस्थाको रिसर्चमा केन्द्रित भएर आगामी महाधिवेशनमा अन्तिम संश्लेषण गर्ने गुरुत्व र कार्यभार सबैका काँधमा छ । पुरानो मोडेलमा टाँंसिरहदा प्रतिबद्ध क्रान्तिकारीजस्तो त देखिएला तर आजको क्रान्तिको नेतृत्व गर्न सकिदैन । बरु वाम विर्सजनवादको सुनिश्चित शिकारचाहिँ अवश्य हुन्छ ।

नयाँ र मौलिक मोडेलमा उफ्रिरहँदा गतिशील क्रान्तिकारी त देखिएला तर आजको क्रान्तिको नेतृत्व गर्न झनै सकिदैन । बरु सुक्ष्म ढंगले आधारभूत मान्यताको लिगबाट भएको विचलनले क्रान्ति हैन, दक्षिणपन्थी भासमा डुबेर ध्वस्त हुने सुनिश्चित नै हुन्छ । तसर्थ माक्र्सवादी विज्ञानलाई कार्यमा पथपर्दशक सिद्धान्तका रुपमा आत्मसात गर्दै ठोस परिस्थितिको ठोस विश्लेषण र ठोस पहलकदमीको स्प्रीडमा क्रान्तिलाई अगाडि बढाउनुपर्छ । महान् लेनिनले सत्ता सोभियतहरुको हातमा पु¥याउन शान्ति, रोटी र जमीनको नारा दिएझैं यतिबेला हामीले सत्ता जनताका हातमा पु¥याउन शान्ति, जनसंविधान र राष्ट्रिय स्वाधीनताको पक्षमा हाम्रो आन्दोलन भन्यौं । कम्युनिष्ट आन्दोलनभित्रै हुने खिया साफ गर्न र कम्युनिष्टहरुले आफूलाई श्रेष्ठता सावित गर्न आफैप्रति निर्मम हुने अभियान चलाउन आ“ट गर्नैपर्छ । जसले आफूले आफैमा विजय हाँसिल गर्छ, उसले दुनियाँमा सबैमाथि विजय हाँसिल गर्न सक्छ भनेझैं यतिबेला हाम्रो पार्टीभित्रको मुख्य समस्या भनेको सुधारवाद, फुटवाद र अराजकतावाद हुन् । तसर्थ गाउँ पार्टीका सम्मेलन सुधारवाद, फुटवाद र अराजकताका विरुद्ध विजय हाँसिल गर्दै सम्पन्न भएका छन् ।

आजभन्दा ६३ वर्ष पहिले चार जनाले स्थापना गरेको कम्युनिष्ट पार्टी फुट विभाजन हुँदै एकीकरण र धु्रवीकरणको प्रक्रियाबाट अगाडि बढिरहेको छ । एकीकृत नेकपा माओवादीको यतिबेला चार लाखभन्दा बढी नवीकृत पार्टी सदस्य छन् । यो कुनै सामान्य घटना हैन बरु माओवादीको जीवनमा गुणात्मक छलाङ्गको बिकास हो । दाङ जिल्ला कम्युनिष्ट आन्दोलनको धेरै लामो इतिहास बोकेको जिल्ला हो । २०१० सालमा प्रथम जिल्ला सम्मेलन भएको इतिहास छ । यस जिल्लामा यतिबेला करिब–करिब छ हजार नवीकृत पार्टी सदस्यहरुले ३९ गाउँ, दुइ नगर र पाँच भौगोलिक र गैरभौगोलिक प्रशाखाका सम्मेलनहरुमा सक्रियतापूर्वक भाग लिए । सम्मेलनका प्रतिनिधिहरुले व्यापक जनवादको अभ्यास गर्दै नयाँ नीति तथा योजना र नयाँ नेतृत्व चयन गरे । समग्रमा सम्मेलनले महत्वपूर्ण अभिभाराहरु पूरा ग¥यो ।

पहिलो, गाउँ या नगरको विशेषतासहितको मौलिक ढंगको राजनैतिक तथा संगठनात्मक प्रतिवेदन पारित ग¥यो । दोश्रो, सम्मेलनले १५ देखि २१ जनाको कार्यसमिति निर्वाचित ग¥यो । जसले भद्रगोलजस्ता भएका पार्टी कमिटीहरुलाई एकैपटक सुव्यवस्थित गरिदियो । व्यापक जनवादको जगमा सर्वसम्मत ढंगले नेतृत्व चयन भयो । तेश्रो, सम्मेलनले सिङ्गो कार्यसमिति सबै वडाका अध्यक्ष, जनवर्गीय संगठन र जातीय मोर्चाका गाउँ या नगर अध्यक्ष साथै यसरी हुन आउने संख्याको दश प्रतिशत मनोनित गरेर परिषद् निर्माण ग¥यो । चौथो, जिल्ला सम्मेलनको लागि २० जना पार्टी सदस्य बराबर एक जना प्रतिनिधिको अनुपातमा प्रतिनिधि र पर्यवेक्षकहरु निर्वाचित ग¥यो । साथै पार्टीको राष्ट्रिय महाधिवेशनलाई महत्वपूर्ण सरसल्लाह र सुझावहरु दियो ।

समग्रमा कम्युनिष्ट पार्टीले आफ्नै जीवनमा राणातन्त्र, पञ्चायततन्त्र र राजतन्त्रको अन्त्य गरिसकेर यतिबेला दलालतन्त्रसँगको लडाई निर्णायक बनिरहेको छ । यो सवाल सिङ्गो एउटा युगको अन्त्य गरेर नयाँ युगको शुरुवात गर्ने ऐतिहासिक कदम हो । यो युगीन अभिभारा पूरा गर्न एकीकृत नेकपा माओवादीले आफूलाई सबभन्दा उन्नत, श्रेष्ठ र क्रान्तिकारीको अग्निपरीक्षामा खरो उतार्नैपर्छ । यसको एकमात्र तरिका र विधि भनेको जनतामा जाने हो । तसर्थ जनताबाट लिएर जनतालाई नै दिने जनदिशा अबलम्बन गर्नु आजको अपरिहार्य आवश्यकता हो । निश्कर्ष भनेको जनता नै इतिहासको निर्माता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *