लुङ्री–माडी सहकारीको दोस्रो अधिवेशन

  
  प्रकाशित मितिः सोमवार, मंसिर २५, २०६९       | 105 Views   ||

-नविन लोचन मगर
रोल्पा, मंसिर २५ । लुङ्री–माडी कृषि तथा सहकारी संस्था लिमिटेड रोल्पाको शुक्रबार सम्पन्न दोस्रो अधिवेशनले सुरेन्द्र थापा घर्तीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिका पदाधिकारीहरुमा उपाध्यक्ष आशबहादुर पुन, सचिव सम्झना घर्तीमगर र कोषाध्यक्ष भागमल पुन चयन हुनभएको छ । त्यसैगरि सदस्यहरुमा रेशम पुन, पवन कुँवर, जमान बुढा, इन्द्रबहादुर सेतीमहर रहनुभएको छ पुरण क्षेत्री, लालबहादुर ओली, तुलाराम खड्का, गोविन्द पुन र दोर्ण थापा निर्विरोध निर्वाचित हुनुभएको छ ।

अधिवेशनको बन्दसत्रमा संस्थाका उपाध्यक्ष आशबहादुर पुनले २०६८÷०६९ को बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनअनुसार २०६५ मा स्थापना भएको सहकारीको बार्षिक कारोबार ६ करोड ४५ लाख ७७ हजार ४ सय १४ रुपैयाँ रहेकोमा आर्थिक बर्ष २०६८/०६९ मा २ लाख ९१ हजार ५६ रुपैयाँ नाफा रहेको छ भने आगामी आर्थिक बर्ष २०६९/०७० को लागि अनुमानित कारोबार लक्ष्य करिब ८ करोड २४ लाख रहेको छ ।

संस्थाले आगामी दिनमा व्यावसायिक रुपमा निरन्तरता दिने, निर्माणाधीन बिउविजन भवनलाई पूर्णता दिदै बीउ उत्पादनलाई व्यवस्थित तथा बिस्तार गर्ने, सदस्यहरुले उत्पादन गरेको लेयर्स कुखुरालाई व्यवस्थापन गर्न सहयोग गर्ने, पेट्रोल पम्पको घर मर्मत तथा स्तरवृद्धि गर्ने, रासायनिक मलखादको कारोबार गर्नेलगायतका योजना बनाएको छ ।
संस्थाका अध्यक्ष सुरेन्द्र थापा घर्तीको अध्यक्षता एवम् जिल्ला कृषि विभागका अधिकृत शिवनारायण चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्लास्थित विभिन्न राजनीतिक दल, सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधिहरु, सहकारी संघ संस्थाका प्रतिनिधिहरु, पत्रकारलगायतले अधिवेशन सफलताको शुभकामना दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *