घोराहीमा मध्यपश्चिम महोत्सव गरिने, तयारी तीव्र

  
  प्रकाशित मितिः सोमवार, पुस २३, २०६९       | 89 Views   ||

दाङ, पुस २३ । दाङमा बहुउद्देश्यीय सभागृह निर्माण गर्ने लक्ष्यका साथ दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवम् मध्यपश्चिम औद्योगिक कृषि मेला आयोजना गरिएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा आगामी माघ २८ देखि फागुन ८ गतेसम्म कृषि मेला सञ्चालन गर्न लागिएको हो ।

‘दाङ जिल्ला उद्योग वाणिज्य संघको अभियान, बहुउद्देश्यीय सभागृहको निर्माण’ भन्ने नारा तय गरेर महोत्सवको आयोजना गरिएको हो । दाङमा कुनै पनि ठूला कार्यक्रम गर्नका लागि सभागृह नभएकाले सामुदायिक सभागृह निर्माणको थालनी गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय, क्षेत्रीय र जिल्लास्तरकै ठूला कार्यक्रम गर्न सामुदायिक सभागृह नभएको अवस्थालाई मध्यनजर गरि सभागृह बनाउने थालनीका लागि महोत्सवको आयोजना गरिएको संघका अध्यक्ष मधुसूदन वैद्यले बताउनुभयो ।

महोत्सवमा १५ करोड रुपैयाँको आर्थिक कारोबार हुने र पाँच लाख दर्शकहरुलाई महोत्सवमा सहभागी गराउने लक्ष्य रहेको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं संघका पूर्वअध्यक्ष धु्रवराज श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवमा हुने खर्च कटाएर ५० लाख रुपैयाँ जम्मा गर्ने र त्यसैले सामुदायिक सभागृह बनाउनका लागि शुरुवात गर्ने उहाँको भनाई छ । महोत्सव अवधिभर इच्छुक व्यक्तिहरुलाई फिस्टेल विमानबाट दाङ उपत्यकाको अवलोकन र स्वर्गद्धारी दर्शनका लागि पु¥याउने पनि श्रेष्ठले जानकारी दिनुभयो । समग्र दाङको आर्थिक विकासका लागि टेवा पु¥याउने र स्थानीयस्तरमा रहेको कृषि उत्पादनको प्रवद्र्धन, पर्यटकीय क्षेत्रको प्रचारप्रसार र स्थानीय कलासंस्कृतिको सम्वद्र्धन गरि आर्थिक विकासका लागि महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको संघका उपाध्यक्ष ओविन्द्र बहादुर महराको भनाई छ ।

महोत्सवको तयारीका क्रममा संघले जिल्लाका सबै उद्योग वाणिज्य संघहरुसँग अन्तरक्रिया कार्यक्रम गरिसकेको छ । जिल्लामा रहेका अन्य शाखाका पदाधिकारीहरुले आ–आफ्नो क्षेत्रका कृषि उत्पादन, कला, संस्कृतिको प्रचारप्रसारमा सहयोग गर्ने प्रतिबद्धता जनाएको महोत्सव सञ्चार संयोजक निमुसंगम घर्तीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *