जनजाति सम्मेलनको अध्यक्षमा जीएम

  
  प्रकाशित मितिः सोमवार, पुस २३, २०६९       | 90 Views   ||

दाङ, पुस २३ । अखिल नेपाल जनजाति सम्मेलन दाङको दोस्रो जिल्ला अधिवेशनले रामबहादुर जीएमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । पुस २० र २१ गते सदरमुकाम घोराहीमा सम्पन्न जिल्ला अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिमा उपाध्यक्ष रमेशमान गुरुङ, सचिव दलबहादुर घर्ती, सहसचिव श्रीप्रकाश बुढा र कोषाध्यक्ष छविलाल बीएम चयन भएका छन् । त्यसैगरी समितिका सदस्यहरुमा जगदीश चौधरी, मंगल घर्ती, द्रोण घर्ती, विष्णुकुमारी चौधरी रहेका छन् । वैकल्पिक सदस्यहरुमा जसबहादुर घर्ती, शेरबहादुर पुन, थम्मन घर्ती र हरिनारायण चौधरी रहेका छन् । सल्लाहकारमा मानबहादुर गुरुङ, गोपाल घर्ती, जीतबहादुर पुन र राजेन्द्र चौधरी चयन भएका छन् ।

जिल्ला अधिवेशनको बन्दसत्रले नयाँ कार्यसमिति चयन गरेपश्चात् शनिवार समापन समारोह एवं नयाँ कार्यसमितिलाई बधाई कार्यक्रम सम्पन्न भएको थियो । द्रोण घर्तीको अध्यक्षतामा भएको समापन तथा बधाई कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य लालबहादुर राना, राष्टिूय जनमोर्चाका पूर्व केन्द्रीय सल्लाहकार सुरेश थापा, अखिल (छैठौं)का केन्द्रीय सचिव गणेश आचार्य, अखिल नेपाल युवक संघ दाङका सहसचिव लीलाबहादुर पुन, स्वयंसेवकको तर्फबाट मोहन रिजाल र प्रतिनिधि÷पर्यवेक्षकको तर्फबाट टोपेन्द्र रानाले नयाँ कार्यसमितिको कार्यसफलताको शुभकामना तथा बधाई ज्ञापन गरेका थिए ।

यसैबीच नवनिर्वाचित जिल्ला कार्यसमितिका अध्यक्ष रामबहादुर जीएमले एक विज्ञप्ति जारी गरी संगठनले दिएको जिम्मेवारीलाई राम्रोसँग बहन गर्ने प्रतिवद्धता जनाएका छन् । उनले दोस्रो जिल्ला अधिवेशनको सफलताका लागि आर्थिक, भौतिक एवं नैतिकरुपमा सहयोग गर्ने सम्पूर्ण पक्षलाई धन्यवाद ज्ञापन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *