दाङमा बाल्सन हर्बलको उत्पादन

  
  प्रकाशित मितिः सोमवार, पुस २३, २०६९       | 80 Views   ||

दाङ, पुस २३ । जिल्लाका सौन्दर्य व्यवसायीहरुमाझ सौन्दर्य प्रशाधनको उत्पादक बाल्सन हर्बल आइपुगेको छ । बाल्सन हर्बलको राप्ती अञ्चलका लागि आधिकारिक बिक्रेता जय दुर्गे माँ उलन भण्डार घोराहीले शनिवार जिल्लाका सौन्दर्य व्यवसायीहरुको सीप अभिवृद्धिका लागि एक दिवसीय सेमिनारको आयोजना ग¥यो ।

भण्डारका प्रोप्राइटर रामगोपाल गुप्ताका अनुसार काठमाडौंबाट आएकी वरिष्ठ ब्युटीसियन गुड्डी जोशीले सहभागीहरुलाई तालिम दिनुभएको थियो । तालिममा लेटेस्ट हेयर कटिङ, फेसियल, लेटेष्ट स्किन टिप्स, लेटेष्ट हेयर टिप्स, ब्राइडल मेकअप, मोडलिङ मेकअप, मिनिरल मेकअप, पालिस मेकअप, एलमिनेटर मेकअप, एडभान्स हाइलाइट्स, पर्मानेन्ट हेयर स्टूेटबारे तालिम दिइएको थियो । तालिममा घोराही, तुलसीपुर, लमही, गढवा र भालुवाङका गरी करीव १ सय ८० जना ब्युटिसियनहरुको सहभागिता रहेको थियो । सहभागीहरुले सौन्दर्य प्रशाधनका उत्पादक कम्पनीहरुले आफ्नो प्रचारका लागि सेमिनारको आयोजना गर्ने भए तापनि यसले आफूहरुको सीप, क्षमताको अभिवृद्धिमा केही भए पनि सहयोग पुग्ने उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *