दाङ, पुस २५ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा आगामी माघमा घोराहीमा हुन थालेको मध्यपश्चिमस्तरीय औद्योगिक कृषि महोत्सवका बारेमा आज बुधबार तुलसीपुरका विभिन्न निकायहरुसँग छलफल गरिएको छ । दाङमा बहुउद्देश्यीय सभागृह निर्माण गर्ने लक्ष्यका साथ माघ २८ गतेदेखि फाल्गुन ८ गतेसम्म सञ्चालन हुने दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं मध्यपश्चिम औद्योगिक कृषि मेला २०६९ का बारेमा जानकारी गराउँदै सहयोगका लागि पनि आग्रह गरेको छ ।
तुलसीपुर उद्योग वाणिज्य संघ, राप्ती अञ्चल प्रहरी कार्यालय, राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समिति, राष्ट्रिय वाणिज्य बैंकसँग छलफल गरिएको महोत्सवका सञ्चार संयोजक निमुसंगम घर्तीले जानकारी दिनुभयो । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष टेकनप्रसाद बस्नेत हिमालको अध्यक्षतामा भएको कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष मधुसूदन वैद्यले दाङमा बहुउद्देश्यीय सभागृह निर्माण गर्ने लक्ष्यका साथ महोत्सव आयोजना गरिएको भन्दै सहयोगका लागि आग्रह गर्नुभएको थियो ।
जवाफमा अध्यक्ष हिमालले पवित्र काम गर्न थालेको भन्दै महोत्सव सम्पन्न गर्नका लागि आर्थिक, नैतिक र भौतिकरुपमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
त्यस्तै, अञ्चल प्रहरी कार्यालयका प्रमुख एसएसपी घनानन्द भट्टले पनि महोत्सव अवधिभर सुरक्षा संयन्त्रलाई बलियो बनाउनु बताउनुभयो । कार्यक्रममा राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका अध्यक्ष जितेन्द्रबहादुर शाहले पनि महोत्सव सम्पन्न गर्नका लागि आर्थिक कार्यसमितिको बैठक बसेर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । सचिव सुरेश हमालले महोत्सव अवधिभर थप गाडी र भाडामा छुट गर्ने जानकारी दिनुभयो ।
उता राष्ट्रिय वाणिज्य वैंकले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । भेटघाट तथा छलफल कार्यक्रममा आयोजक मूलसंयोजक मधुसूदन बैद्य, सह संयोजक हेमराज बञ्जाडे, आर्थिक सञ्चालन समितिका संयोजक धु्रवराज श्रेष्ठ, साहित्य तथा प्रचारप्रसार उपसमितिका संयोजक सुन्दर गौतम र महोत्सव सञ्चार संयोजक निमुसंगम घर्तीको सहभागिता रहेको थियो ।
दाङ जिल्ला उद्योग वाणिज्य संघको अभियान, बहुउद्देश्यीय सभागृहको निर्माण भन्ने मूला नाराका साथ हुन लागेको महोत्सवले राप्तीको आर्थिक विकासका लागि टेवा पु¥याउने र स्थानीयस्तरमा रहेका कृषि उत्पादनको प्रर्वद्धन, पर्यटकीय क्षेत्रको प्रचारप्रसार र स्थानीय कला संस्कृतिको सम्वद्र्धन गर्न सघाउ पु¥याउने अपेक्षा गरिएको छ ।
महोत्सवमा १५ करोड रुपैयाँको आर्थिक कारोबार गर्ने र ५ लाख दर्शकहरुलाई महोत्सवमा सहभागी गराउने आयोजकले लक्ष्य लिएको छ । महोत्सवमा हुने खर्च कटाएर ५० लाख रुपैयाँ जम्मा गर्ने र त्यसैले सामुदायिक सभागृह बनाउनका लागि शुरुवात गर्ने आयोजक मूलसमितिका संयोजक मधुसूदन वैद्यले बताउनुभयो ।