एमाओवादी दाङको सातौं जिल्ला सम्मेलन

  
  प्रकाशित मितिः बुधबार, माघ १७, २०६९       | 93 Views   ||

४१ महाधिवेशन प्रतिनिधि पर्यवेक्षक छनौट

दाङ माघ १३ । एकीकृत नेकपा (माओवादी) दाङको सातौं जिल्ला सम्मेलनको बन्द सत्रले ४१ महाधिवेशन प्रतिनिधि तथा पर्यवेक्षक निर्विरोध चयन गरेको छ । शनिबार घोराहीको ट्राफिकचोकस्थित साइमन्दिरमा सम्पन्न बन्दसत्रबाट ३७ जना प्रतिनिधि र चार जना पर्यवेक्षक निर्विरोध चयन गरेको हो ।

दुई सय पार्टी सदस्य बराबर एक महाधिवेशन प्रतिनिधि छान्ने कार्यविधिअनुसार दाङका ७ हजार ३ सय ५७ जना पार्टी सदस्यबराबर ३७ जना प्रतिनिधि छानिएको र छानिएका प्रतिनिधिको १० प्रतिशत पर्यवेक्षक सहभागी हुन पाउने भएकाले ४ जना पर्यवेक्षक चयन गरिएको एमाओवादी दाङका संयोजक निर्मल आचार्यले जानकारी दिनुभयो ।

बन्द सत्रबाट महाधिवेशनका लागि प्रतिनिधि पर्यवेक्षक चयन गर्नुका साथै केन्द्रीय समितिबाट पारित दस्तावेजमा समूहगत छलफल शुरु गरी टोली लिडरबाट सुझाव संकलन गरिएको आचार्यले बताउनुभयो । उहाँका अनुसार दाङबाट छानिएका महाधिवेशन प्रतिनिधिहरुमा लुमाकान्त न्यौपाने ‘सागर’, धिरज सेर्पाली, श्यामकुमार बुढामगर ‘चिन्तन’, लुमबहादुर कार्की ‘बद्री’, रामजी चौधरी ‘मिलन’, भीमकुमारी बाँठा ‘निशाना’, नरेन्द्रमान केसी, प्रमोद धिताल, रामलाल खनाल, लेखराज रेग्मी, पुनम सेर्पाली, डूइभर, सुशील क्षेत्री, भिक्टर, प्रमोद मगर रहनुभएको छ । त्यसैगरि टीकाराम ओली ‘टाइगर’, रमेश हिताङ्गी, विश्वराज आचार्य, विश्वास शर्मा, प्रमोद शर्मा, मिना, राधिका परियार, जमूना, सुशीला शर्मा, बालिका शर्मा, सिर्जना मगर, डिला चौधरी, भीषण चौधरी, महेश, पदम रसाइली, नवीन, सुमन चौधरी, प्रकाश पन्थी, बाबुराम चौधरी ‘विवेक’, गिरिराज केसी, धु्रव आचार्य र श्यामसागर रहनुभएको छ । महाधिवेशन पर्यवेक्षकको रुपमा केपी चौधरी, आस्था केसी, सुधार र दिनेश श्रेष्ठलाई चयन गरिएको छ ।

त्यस्तै बन्द सत्रले महाधिवेशनपछि हुने थारुवान राज्य सम्मेलनका लागि १ सय ४४ जना प्रतिनिधि÷पर्यवेक्षक पनि चयन गरेको छ । जिल्लाको नयाँ नेतृत्व भने राष्ट्रिय महाधिवेशन र राज्य सम्मेलनपछि मात्रै चयन गरिने संयोजक आचार्यले जानकारी दिनुभयो । बन्दसत्रमा आयोजक, प्रतिनिधि र पर्यवेक्षक गरी १ हजार १ सय ७६ जनाको सहभागिता रहेको थियो ।

सम्मेलनको माघ १२ गते शुक्रबार एकीकृत नेकपा (माओवादी) सचिव एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटीले उद्घाटन गर्नुभएको थियो । उद्घाटनअघि घोराहीको ट्राफिकचोकबाट शुरु भएको ¥यालीले बजार परिक्रमा गरी शहीदमञ्चमा पुगेर सभामा परिणत भएको थियो ।

उद्घाटनका अवसरमा प्रमुख अतिथि बोगटी, एमाओवादी महाधिवेशन आयोजक समिति सदस्य एवम् थारुवानका संयोजक नवराज सुवेदी, नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक नारायणप्रसाद शर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष केएल पीडितलगायतले सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो । एमाओवादी दाङका संयोजक निर्मल आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महाधिवेशन आयोजक समिति सदस्य नारायणी शर्मा ‘प्रतिक्षा’ले गर्नुभएको थियो भने सहभागीहरुलाई सम्मेलन आयोजक समितिका सदस्य रामजी चौधरीले स्वागत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *