पुस्तक प्रदर्शनी तथा शैक्षिक मेला हुने

  
  प्रकाशित मितिः बुधबार, माघ १७, २०६९       | 105 Views   ||

दाङ, माघ १४ । आगामी माघ २१ गतेदेखि २३ गतेसम्म घोराहीमा पुस्तक प्रदर्शनी तथा शैक्षिक मेला हुने भएको छ । अमेरिकन राजदुताबास, अमेरिकन लाइब्रेरी काठमाण्डौको आयोजना एवम् दाङ पुस्तकालय संघको संयोजनमा पुस्तक प्रदर्शनी तथा शैक्षिक मेला आयोजना गरिएको हो ।

घोराहीको राप्ती सुपरलजमा माघ २१ दिउँसो तीन बजे मेलाको उद्घाटन हुने र २२ र २३ गते पुस्तक प्रदर्शनी गरिने दाङ पुस्तकालय संघका संरक्षक नित्यानन्द शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदर्शनीमा राखिएका पुस्तकहरु सोही क्षेत्रका पुस्तकालयहरुलाई प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । यसैबीच अमेरिकन राजदुताबास, अमेरिकन लाइब्रेरी काठमाण्डौको आयोजना एवम् दाङ पुस्तकालय संघको संयोजनमा माघ १५ देखि १७ गते स्वर्गद्वारी क्याम्पस प्यूठान र माघ १८ र १९ रोल्पा लिवाङको उद्योग वाणिज्य संघ हलमा पुस्तक प्रदर्शनी तथा शैक्षिक मेलाको आयोजना गरिएको शर्माले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *