कुसुण्डा जातिलाई जलवायुसम्बन्धी तालिम

  
  प्रकाशित मितिः मङ्लबार, माघ २३, २०६९       | 120 Views   ||

दाङ, माघ २३ । लोपोन्मुख कुसुण्डा जातिका लागि जलवायु परिवर्तनसम्बन्धी दुई दिने तालिम घोराही–६ अखबरेमा सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ आदिवासी जनजाति साझेदारी रेड प्लस काठमाण्डौं, नेपालको सहयोग तथा नेपाल कुसुण्डा विकास समाज केन्द्रीय समिति दाङको आयोजना एवं व्यवस्थापनमा भएको जलवायु परिवर्तनसम्बन्धी तालिममा नेपालमा जलवायु परिवर्तनको असर, जलवायु परिवर्तनका कारण आदिवासी जनजातिहरुमा परेको प्रभाव, रेड र रेडप्लसको बारेमा प्रशिक्षण दिइएको छ ।

समाजका केन्द्रीय अध्यक्ष धनबहादुर कुसुण्डाको अध्यक्षतामा भएको तालिममा दाङ, रोल्पालगायतका कुसुण्डाहरुको सहभागिता रहेको थियो । नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष राजकुमार लेखीको प्रमुख आतिथ्यमा भएको तालिममा कुमार थापामगर र बसन्ती चौधरीले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लेखीले प्राकृतिक स्रोतसाधनसँग प्रत्यक्ष सम्बन्ध राख्ने आदिवासी जनजातिहरु जलवायु परिवर्तनको अवसरबाट प्रत्यक्षरुपमा प्रभावित हुने बताउँदै उक्त प्रभावलाई कम गर्नका निमित्त अहिलेदेखि नै चनाखो भएर लाग्नुपर्ने बताउनुभयो । जलवायु परिवर्तनसँगै अहिले विश्वभर वन विनास र वन क्षयीकरणबाट हुने कार्बनउत्सर्जनको कटौतीसँगै वनको कार्बन संचित गर्ने, वनको दिगो व्यवस्थापन गर्ने, वनको कार्बन सञ्चितिकरणमा वृद्धि गर्ने (रेडप्लस) नीतिको बारेमा छलफल भैरहेको बताउँदै उहाँले भोलिका दिनमा रेड नीति बन्दा आदिवासी जनजातिहरुलाई समेटेर ैजाने खालको नीति बन्नुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *