‘औपचारिक जनवाद’ पार्टीलाई प्रतिक्रान्तिको साधनमा बदल्ने एक हतियार

  
  प्रकाशित मितिः बिहिबार, माघ २५, २०६९       | 104 Views   ||

Shyam_budha-[श्यामकुमार बुढामगर ‘चिन्तन’]

अहिलेसम्म संसारभर कम्युनिष्ट पार्टीको निर्माण विचार र पतनको प्रकृया चलिरहेको छ । कतै–कतैको त कम्युनिष्ट पार्टी क्रान्ति सम्पन्न गरी सत्तामा पुगेर समेत पतन र विघटनको शिकार भएको छ । संसारभर कम्युनिष्ट आन्दोलन एउटा अवधिभर उभारमय रुपमा देखापरेको तथ्य पनि प्रसस्तै देखा परे । परन्तु, आज कम्युनिष्ट क्राान्तिद्वारा सत्ता स्थापना भएका देशहरुमा समेत कम्युनिष्ट आन्दोलन र आदर्शको साथै पार्टीको समेत पतन र विघटनको स्थिति देख्न सकिन्छ । यी सबै के कारणले भयो त ? यो प्रश्नको उत्तर खोज्ने र जीवन व्यवहारमा त्यो शिक्षालाई आत्मासाथ गरि लागू गर्ने कुराले सायद आजका क्रान्तिकारी कम्युनिष्टहरुको भावी विजय र स्थायित्वमा अहं भूमिका खेल्न सक्छ । कमजोरीहरुलाई चिन्ने र बुझ्ने तर व्यवहारमा तिनै कमजोरीलाई लागू गरिरहने प्रवृत्तिले कम्युनिष्टहरुको पतन र विघटनलाई कसैले रोक्न सक्दैन ।

कम्युनिष्ट पार्टी श्रमिकहरुको पार्टी हो । सर्वहारावर्गीय पार्टी हो । संसारभर श्रमिक वर्गको संख्या जहाँ पनि धेरै गुणा ठूलो रहेको छ । ती श्रमिक जनसमुदायको सहयोग, समर्थन र शुभेच्छा कम्युनिष्ट पार्टीको रक्षा र विकासमै वा पक्षमै रहन्छ । तर यसो हुँदाहुँदै पनि कम्युनिष्ट क्रान्तिहरु बिना कुनै अवरोध प्रतिक्रान्तिको अखडाहरुमा बदलिनुमा कुन कुराको भूमिका होला ? प्रश्न उठ्नु स्वभाविक हो । त्यसो हुनुमा धेरै कुराले भूमिका खेल्ने कुरा स्वभाविक हो तर पनि तीमध्ये एउटा महत्वपूर्ण कारण भेटिन्छ, त्यो हो ‘औपचारिक जनवाद’ ।

संसारमा जनतालाई संगठित गर्ने कुराको एउटामात्र आधार छ त्यो हो ‘जनवाद’ । चुनाव प्रकृयामा त्यही नेता सत्तामा पुग्ने गर्छन् जसले जनवादको कुरालाई उछाल्ने गर्छन । यो कुरा नेपालको चुनावमा मात्र होइन अमेरिकाको चुनावमा समेत सत्य हो । सत्ता रक्षार्थ र स्थापनातर्फ जनतालाई मिलिटेन्ट गर्ने सवालमा आइपुग्दा दुई तरिकाको प्रयोग हुने गर्दछन् । प्रतिकृयावादी तत्वहरुको सेना निर्माणको विधि नोकरशाही रहने गरेको छ भने कम्युनिष्टहरुको सेना निर्माणको विधि जनवादी हुने गरेको छ । जुन कुरा नेपाली धर्तीमा चलेको दश वर्षे जनयुद्धले यी दुई तरिकाहरुको स्पष्ट उजागर गरि सकेको छ । शाहीसेनाको सेना बनाउने तरिका चारो फालेर जीउ पाल्ने प्रलोभनमा सेनामा भर्ती गर्ने र गाली गरेर कुटेर पिटेर सैन्यकृत गर्ने गरेको पाइन्छ । जो आजको नेपाली सेनामा समेत त्यही विधि कायम छ ।

हामी पूरै दश वर्ष लड्यौं तर हाम्रा कमाण्डरले पिट्ने त छोडौं एक शब्द गालीसमेत गरेनन् न हामीले हामीभन्दा तलकालाई त्यसो ग¥यौं । तर हामीले हजारौं मोर्चाहरुमा उच्च सैन्य कौशलता र अनुशासन प्रदर्शन ग¥यौं । आजको राजनैतिक परिवर्तनको पृष्ठभूमिमा जो एक मिशाल नै बनेको छ । यो कसरी सम्भव भयो त ? भन्दा कुरा प्रष्टै छ उच्च जनवादमा उभिएर जन्मिएको केन्द्रीकरणको बलमा । यसो गर्दा हामीले एक पैसा घर पठाएका थिएनौं । त्यसैले त्यसबेला हामीले भन्ने गथ्र्यौ प्रतिकृयावादी सेना भनेका भाडाका सेना हुन्, हामी भनेका स्वयंसेवी सेना हौं । यो कुरा आजपर्यन्त सत्य हो ।

उपरोक्त विश्लेषणको आधारमा भन्न सकिन्छ कि उच्च र साँचो जनवादको जगमा अभेद्य केन्द्रीकरण निर्माण गर्न सकिन्छ । जो लक्ष्य भेदनको लागि परमाणु बम र एटम बमभन्दा पनि शक्तिशाली हुन्छ । अब के कुरा प्रष्ट छ भने कम्युनिष्ट सत्ता स्थापना भएको देशमा प्रतिक्रान्ति हुनुमा त्यहाँ ‘जनवादको उच्चतम अभ्यास’ हुनुपर्नेमा ‘अनौपचारिक’ अभ्यासमा गिर्नुले महत्वपूर्ण भूमिका खेलेको थियो । जुन कुरा आजपर्यन्त संसारभरका कम्युनिष्टहरुले समेत सच्याउन सकेको पाइदैन । अहिले एकीकृत नेकपा (माओवादी)को एकताको सातौं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा छलफलको लागि आएको दस्तावेजले यो कुरालाई प्रष्ट पारि सकेको छ । तर जीवन व्यवहारमा के गरिहेको छ भन्ने सवालले यो कुराको निदान हुने या नहुने ? भन्ने अर्थ राख्दछ ।

औपचारिक जनवादका दुई आयाम छन् । पहिलो हो, शक्ति प्रदर्शन गरेर, पद र ओहोदाको प्रयोग गरेर आफ्नो आकांक्षाहरुलाई प्रस्तावित गरेर पारित गराउनु । दोश्रो हो, भद्र तरिकाले कमिटी प्रणाली मिचेर प्रस्तावहरुलाई तल लगेर पारित गराउनु । पहिलो औपचारिक जनवादमा बढी केन्द्रीयता हुन्छ, आग्रह र दबाब हुन्छ ।

दोश्रोमा नरमपना देखाउँदै कूटनीतिक तरिकाले नोकरशाहीपनको प्रयोग हुन्छ । प्रस्तावहरु वकालत गरिदै उच्च लेभलका साथीहरुसँग छलफल नहुँदै तल्लो साथीहरुको बीचमा लगेर पारित गरिन्छ । यसो गर्दा पनि प्रस्तावमाथिको काँटछाँट र परिमार्जन गर्ने काम अधुरो रहन जान्छ । यी दुवै कुरामा पहिलो खाले औपचारिक जनवाद नियतवश प्रयोग गरिएको हुन्छ भने दोश्रोमा नियतवश र अज्ञानतावश दुवै समिश्रण भएर अभिव्यक्त भएको हुन्छ । पहिलोखाले औपचारिक जनवाद सानसौकत नोकरशाहीपनमा व्यक्त हुन्छ जो सामन्ती संस्कारको एक अंश हो भने दोश्रो खाले औपचारिक जनवाद पूँजीवादी र साम्राज्यवादी संस्कृतिको एक अंश बनेर आएको हुन्छ । तर, आजको विश्व परिवेशमा यी दुवै कुरा एउटै सिद्धान्तका दुई पाटा बनेर पुरकको रुपमा रहेका हुन्छन् । जसलाई चिन्ने र प्रष्ट गर्ने दायित्व आजका क्रान्तिकारीहरुको काँधमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *