कक्षा ११ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

  
  प्रकाशित मितिः बिहिबार, माघ २५, २०६९       | 86 Views   ||

काठमाडौं, माघ २५ । कक्षा ११ को मौका परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । पुस २८ गते सञ्चालन भएको मौका परीक्षाको आज नतिजा प्रकाशित गरिएको उच्च माध्यमिक शिक्षा परिषद्ले जनाएको छ ।

मौका परिक्षामा  ७२ दशमलव ४८ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् । ६० हजार परीक्षार्थीमा ५४ हजार ७ सय ३७ जना सहभागी भएका थिए । त्यसमध्ये ३९ हजार ६ सय ७८ जना उतीर्ण भएका परिषदले जनाएको छ ।

टेलिफोनबाट १६ सय १ मा डायल गरेर तथा www.hseb.edu.np र www.hseb.ntc.net.np मा लगअन गरेर परीक्षाफल थाहा पाउन सकिने परिषद्ले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *