अर्थमन्त्रीद्वारा सिक्टा सिचाई आयोजना निरिक्षण

  
  प्रकाशित मितिः शुक्रबार, फाल्गुन ४, २०६९       | 284 Views   ||

Siktaबाँके, फागुन ४ । अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले निर्माणाधीन सिक्टा सिंचाई आयोजनाको स्थलगत निरिक्षण गर्नुभएको छ । उहाँले शुक्रबार बिहान आयोजनाको निरिक्षण गर्नुभएको हो । निरिक्षणपछि आयोजनासँग सम्बद्ध अधिकारीहरुसँग कुरा गर्दै अर्थमन्त्री पुनले आयोजनाको लागि बजेट अभाव हुन नदिने बताउनुभयो । ‘स्तरीय काम गर्नुहोस्, कामलाई अगाडि बढाउनुहोस्,’ उहाँले भन्नुभयो, ‘आयोजनाका लागि हामी बजेट अभाव हुन दिन्नौं । जति खर्च गर्नुहुन्छ, त्यति निकासा गरिदिन्छौं ।’

अर्थमन्त्री पुनले अन्य क्षेत्रमा पुँजीगत खर्च कम भइरहेकाले राष्ट्रिय गौरवका आयोजनाहरुलाई जति खर्च गर्न सक्छन् त्यति बजेट उपलब्ध गराउन अर्थमन्त्रालय तयार रहेको बताउनुभयो । निरिक्षणमा सहभागी अर्थसचिव शान्तराज सुवेदीले पनि गुणस्तरीय काम गर्न निर्देशन दिदै बजेट अभाव हुन नदिने बताउनुभयो ।

सिक्टा सिंचाई आयोजना निर्माण कम्पनी कालिका कन्ट्रक्सनका सञ्चालकहरुले यो वर्ष ७७ करोडको काम भएर खर्च भइसकेको जानकारी गराउँदै १ अर्ब २५ करोड थप रकम भएमा आयोजनाको ९० प्रतिशत काम सम्पन्न गर्न सकिने जानकारी गराएका थिए । उनीहरुले ५० किलोमिटरको नहर निर्माणमा ३४ किलोमिटरसम्म काम भइसकेको बताए ।
राप्ती नदीबाट बाँकेका अधिकांश गाविसमा सिंचाई पु¥याउन सिक्टा सिचाई आयोजना निर्माणाधीन छ ।

Sikta-1

Leave a Reply

Your email address will not be published. Required fields are marked *