गरालाले हानेर श्रीमतीको हत्या

  
  प्रकाशित मितिः शनिबार, फाल्गुन ५, २०६९       | 133 Views   ||

दाङ, फागुन ५ । दाङमा शुक्रबार राती एकजनाले श्रीमतीको हत्या गरेका छन् । टरीगाउँ–१ कपडादेवीका ३६ बर्षीय नरेन्द्र घर्तीले ३६ बर्षीया श्रीमती सुष्मा घर्तीको हत्या गरेका हुन् ।

मादक पदार्थ सेवन गरेका घर्तीले सामान्य विवादपछि ढोकाको गरालाले प्रहार गरेपछि सुष्माको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घटना शुक्रबार राती १० बजे घटेको र नरेन्द्रलाई प्रहरीले नियन्त्रण लिएर अनुसन्धान शुरु गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *