प्रधानन्यायाधीशको नेतृत्वमा दलहरुबीच सहमति

  
  प्रकाशित मितिः शनिबार, फाल्गुन ५, २०६९       | 99 Views   ||

काठमाण्डौं, फागुन ६ । प्रमुख चार दलबीच प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउने सहमति भएको छ । राष्ट्रपति रामवरण यादवको उपस्थितिमा शनिबार सा“झ बसेको प्रमुख चार दलको बैठकले प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार बनाउने सहमति भएको हो ।

सरकारको स्वरुप, मोडल र बाधा अड्काउ फुकाउने विषयमा तयारी गर्न चारै पक्ष सम्मिलित कार्यदल बनेको छ । कार्यदलमा एमाओवादीका कृष्णबहादुर महरा र खिमलाल देवकोटा, कांग्रेसका विमलेन्द्र निधि र मिनेन्द्र रिजाल, एमालेका भीम रावल र अग्नि खरेल तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका तर्फबाट हृदयेश त्रिपाठी र जितेन्द्र देव सदस्य रहनुभएको छ ।

कार्यदलको सुझावका आधारमा आइतबार दिउसो २ बजे बस्ने शीर्ष नेताहरुको बैठकले अन्तिम टुंगो लगाउनेछ । बैठकमा एमाओवादी अध्यक्ष प्रचण्ड, उपाध्यक्ष एवं प्रधानमन्त्री बाबुराम भट्टराई, कांग्रेस सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, एमाले अध्यक्ष झलनाथ खनाल, मधेशी मोर्चाका संयोजक विजयकुमार गच्छदार, महन्थ ठाकुरलगायत सहभागी हुनुहुन्थ्यो । दिउ“सो ३ बजेका लागि बोलाइएको बैठक एमालेको आधिकारिक धारणा नआउँदा लम्बिएको थियो । सा“झ साढे केन्द्रीय कमिटीको निर्णय बोकेर एमाले शीर्ष नेताहरु शीतल निवास पुगेपछि बैठक शुरु भएको थियो । प्रधानन्यायाधीश नेतृत्वमा चुनावी सरकार बनाउने एमाओवादी प्रस्तावमा कांग्रेस सैद्धान्तिकरुपमा सहमत थियो । एमालेको औपचारिक निर्णयका कारण दलहरु अन्तिम टुंगोमा पुगेका थिएनन् ।

यसैबीच प्रधानमन्त्री डा.बाबुराम भट्टराईले दलहरुबीच भएको सहमति सकारात्मक भन्दै छिटो प्याकेजमा सहमति गर्नुपर्नेमा जोडदिनुभएको छ । सहमतिलगत्तै ट्वीटरमार्फत् उहाँले ‘वहालवाला प्रधानन्यायाधीश कार्यकारी प्रमुखको भूमिकामा रहुञ्जेल अर्को का.मु. प्रधानन्यायाधीश बन्ने भएकाले शक्ति पृथकीकरणको सिद्धान्तको उल्लंघन नहुने बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *