उमावि गोबरडिहाको ५५औं वार्षिकोत्सव

  
  प्रकाशित मितिः शनिबार, फाल्गुन ५, २०६९       | 101 Views   ||

देउखुरी, फागुन ६ । सरस्वती उमावि विद्यानगर गोबरडिहाको ५५ औं वार्षिकोत्सव शुक्रबार मनाइएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलराज कुमालको अध्यक्षता एवम् जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने सहभागीहरुले दाङको शैक्षिक सुधार अभियानका लागि जारी २८ बूँदे प्रतिबद्धता कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले जिल्लाको शैक्षिक अवस्था सुधारका लागि जारी २८ बूँदे कार्यान्वयन भएमा शैक्षिक क्षेत्रमा निकै प्रगति हुने बताउनुभयो । कार्यक्रममा उमाविका प्रअ कुलचन्द्र पौडेलले सहभागीहरुलाई स्वागत गर्नुका साथै विद्यालयको वार्षिक प्रगति विवरण पनि प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा विद्यालय निरिक्षक देवमणि चौधरीले पनि बोल्नुभएको थियो । शिक्षक चेतनाथ पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा सोही विद्यालयका विद्यार्थीले महिला हिंसाविरुद्ध सबै जुट्नुपर्ने सन्देशसहितको नाटक प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *