दाङ, फागुन ६ । वरिष्ठ पत्रकार एवम् साहित्यकार नारायणप्रसाद शर्माको आफ्नै लगानीमा निर्माण गरिएको बहुमुखी अनुसन्धान तथा तालिम केन्द्र भवनको उद्घाटन गरिएको छ । घोराही–३ अक्षरधाम बर्गदीमा स्थापना गरिएको गाउँले नवउत्थान केन्द्र तथा शान्ति कृषक समूह तथा भवनको उद्घाटन नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. वेणीमाधव ढकालले गर्नुभएको हो । प्रमुख अतिथि ढकालले तालिम केन्द्रको भवनसँगै स्थापना गरिएको गौतम बुद्धको प्रतिमासमेत अनावरण गर्नुभएको थियो ।
विभिन्न क्षेत्रबाट गाउँकै लागि काम गर्न र सामाजिक रुपान्तरणमा सहयोग पु¥याउन गाउँले नवउत्थान केन्द्रको माध्यामबाट पुख्र्यौली गाउँ फर्किएको केन्द्रका अध्यक्ष नारायणप्रसाद शर्माले बताउनुभयो । संस्था र समुदायका लागि आफ्नै जग्गामा आफ्नै लगानीबाट भवन निर्माण गर्नुभएको छ । अन्तरिम व्यवस्थापिका–संसदमा विधायक र चार वर्षसम्म प्रेस काउन्सिल नेपालको अध्यक्ष हुँदा बचत भएको तलबभत्ताको रकमबाट सो तालिमकेन्द्र निर्माण गरिएको शर्माले जानकारी दिनुभयो । जनताले तिरेको राजस्वबाट बचेको रकम कुनै न कुनैरुपमा जनतामै जाओस् भन्ने उद्देश्यले समुदायका लागि तालिमकेन्द्र स्थापना गरेको उहाँले भनाई छ ।
संस्था तथा भवन उद्घाटन कार्यक्रमका अवसरमा प्रमुख अतिथि ढकालले प्रतिभा र सिर्जना अरुका लागि हुनुपर्ने उल्लेख गर्दै शर्माले समाजका लागि गरेको योगदान देशभरि नै प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गर्नुभयो । विशिष्ट अतिथि श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गोविन्द आचार्यले शर्माले समाजप्रति गरेको योगदान देशभरिकै लागि प्रेरणाको स्रोत बन्ने बताउनुभयो । केन्द्रका अध्यक्ष शर्माको अध्यक्षतामा भएको कार्यक्रममा भवन निर्माणमा सहयोग पु¥याउने गणेश अधिकारी र बुद्धको मूति निर्माण गर्ने केशव नेपालीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नेसंवि सेवा आयोगका सदस्य प्रा. ताराकान्त झा, नेसंवि सेवा आयोगका निवर्तमान अध्यक्ष प्रा. लेखनाथ आचार्य, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष केएल पीडित, सम्मानित अधिकारी र नेपाली, प्राज्ञ उत्तमकृष्ण मजगैयाँ, वरिष्ठ साहित्यकार गिरिराज शर्मा, राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनाल, देउखुरी साहित्य तथा संस्कृति मञ्चका अध्यक्ष हरि पोख्रेल, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष मधुसूदन वैद्य, नेसंवि प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष श्रीधर मजगैयाँ, पत्रकार महिला मञ्चकी उपाध्यक्ष शारदा शर्मा, अधिकारकर्मी हुमा डिसी, गाउँले नवउत्थान केन्द्रकी सदस्य दिव्या चौधरी र हिमवन्ती नेपालकी राधा आचार्यले बोल्नुभएको थियो । संस्थाका उपाध्यक्ष शशीधर अधिकारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सल्लाहकार ऋषिराज जंगली र सचिव फणिन्द्र घिमिरेले गर्नुभएको थियो भने शान्ति कृषक समूहकी अध्यक्ष कृष्णा आचार्यले धन्यवाद ज्ञापन गर्नुभएको थियो । सो अवसरमा साहित्यकार आस्था केसीले कविता वाचन गर्नुभएको थियो ।