कविता वाचन तथा गीत प्रतियोगिता हुने

  
  प्रकाशित मितिः सोमवार, फाल्गुन ७, २०६९       | 117 Views   ||

दाङ, फागुन ७ । आठौं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा दाङमा वन संरक्षण र जलवायु परिवर्तनका विषयमा कविता वाचन तथा गीत प्रतियोगिता हुने भएको छ । हरियो वन कार्यक्रमको आयोजनामा तथा सामुदायिक वन उपभोक्ता महासंघ दाङको व्यवस्थापनमा गीत तथा कविता प्रतियोगिता हुन लागेको वन महासंघले जनाएको छ ।

वन संरक्षण तथा जलवायु परिवर्तनमा महिला नेतृत्वका निम्ति पहल तथा चुनौती उजागर गर्न, महिला अधिकारबादी, प्राकृतिक नेतृत्व प्रवद्र्धन तथा सामाजिक रुपान्तरणमा सहयोग पु¥याउन प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक वन महासंघ दाङका सचिव एवम् कविता तथा गायन प्रतियोगिता कार्यक्रमका संयोजक हेमराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार हरियो वन कार्यक्रम सञ्चालन भएका तराइ भू–परिधि क्षेत्र र चितवन अन्नपूर्ण क्षेत्रका २० जिल्लाबाट छानिएकाहरुबीच क्षेत्रीय तहमा प्रतिस्पर्धा हुने र त्यहाँबाट छानिएकाहरुबीच काठमाण्डौंमा प्रतियोगिता हुनेछ । प्रतियोगितामा उत्कृष्ट हुनेहरुलाई नारी दिवसमा दिन सम्मान तथा पुरस्कार वितरण गरिने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।

प्रतियोगितामा सहभागीताको लागि जिल्लाका वन समूह, गाउँ इकाई महासंघ, रेञ्जपोष्टलगायत वन तथा वातावरण क्षेत्रमा सम्बन्धित सबैलाई वन महासंघ दाङले आग्रह गरेको छ । फागुन ९ गतेभित्र आफ्नो रचनासहित सम्पर्क गर्नसमेत महासंघले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *