सल्यान–प्रवास सेवा समाज जोहोर समिति पुनर्गठन

  
  प्रकाशित मितिः सोमवार, फाल्गुन ७, २०६९       | 94 Views   ||

दाङ, फागुन ७ । सल्यान प्रवास सेवा समाज जोहोर क्षेत्रीय समितिको पुनर्गठन गरिएको छ । १७ फ्रेबुअरी (फागुन ६ गते) आइतबार जोहोरवारुस्थित गोर्खाली रेष्टुरेन्टमा आयोजित कार्यक्रममा क्षेत्रीय समितिको पुनर्गठन गरिएको हो ।

समाजको मलेसिया शाखाका पूर्वसल्लाहकार तथा पूर्वक्षेत्रीय अध्यक्ष लोकराज भण्डारीको उपस्थितिमा भएको गोष्ठीबाट सन्दीप वलीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ । समितिका पदाधिकारीहरुमा उपाध्यक्ष डिल्लीबहादुर बोहरा, सचिव बसन्त मल्ल, सह–सचिव घनश्याम केसी र कोषाध्यक्ष प्रज्वलबाबु मल्ल रहनुभएको छ ।

त्यस्तै सदस्यहरुमा तारानाथ योगी, ढालबहादुर खत्री, मेघराज केसी र मेघराज वली रहनुभएको छ भने सल्लाहकारहरुमा भुपेन्द्र बुढाथोकी, इन्द्रबहादुर बुढाथोकी, टोपराज गिरी रहनुभएको छ । त्यस्तै, समितिको संरक्षकमा लोकराज भण्डारी रहनुभएको छ ।

कार्यक्रममा पूर्वसल्लाहकार लोकराज भण्डारीले समाज स्थापनाको आवश्यकता, संस्थाका कार्य, उद्देश्य र आगामी दिनमा कसरी अघि बढ्ने भन्ने बारेमा स्पष्ट पार्नुभएको थियो । ‘हामी सल्यानबासीहरु एक होऔ, हाम्रो सल्यान हामी आफै बनाऔं’ भन्ने मूल नाराका साथ वैदेशिक रोजगारको सिलसिलामा प्रवासमा आपतविपतमा परेका सल्यानीलाई सहयोग गर्ने र सम्बन्धित निकायलाई जिम्मेवार बनाउन सामूहिक पहल गर्ने नवनिर्वाचित अध्यक्ष सन्दी वलीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *