यसरी लागियो माओवादीमा

  
  प्रकाशित मितिः बुधबार, फाल्गुन ९, २०६९       | 132 Views   ||

ugant-[युगान्त मैनाली]

म राजनीतिकरूपमा नेविसङ्घमा सङ्गठित थिएँ । मेरा मामाका छोरा गणेशचाहिँ नेविसङ्घका जिल्ला अध्यक्ष थिए । उनले मलाई नेविसङ्घको राजनीतिमा लाग्न प्रेरित गरेपछि म नेविसङ्घमा आवद्ध भएको थिएँ ।

२०५३ सालतिरको कुरा हो । त्यसबेला जनयुद्ध भर्खर शुरु भएको थियो । कालिकोटमा पाँच÷सातजना मान्छेहरू मात्र भूमिगत थिए । माओवादीको वैधानिक फिल्डमा विद्यार्थी सङ्गठनले काम गथ्र्यो ।

देशमा चलेको जनयुद्धले मुलुकमा तरङ्ग छाएको थियो । जनयुद्ध शोषित उत्पीडित जनताको व्यवस्था लिन शोषक सामन्तको विरुद्धमा शुरु गरिएको भन्ने थियो । कालिकोटजस्तो उत्पीडित जिल्ला र त्यहाँका शोषित पीडित जनसमुदाय र युवाहरूमा जनयुद्धको ताप बढेको थियो ।

ठीक त्यहीबेला अनेरास्ववियू (क्रान्तिकारी) का नेता केविन्द्र, क्रान्तिकारी विद्यार्थी सङ्गठन बनाउन हाम्रो स्कुलमा आए । उनले हामीजस्ता केही युवाहरू जम्मा पारेर क्रान्ति र परिवर्तनका कुराहरू सुनाए । जनयुद्धले आमूल परिवर्तन गर्ने कुरा गरे । सामन्त र जालीफटाहाहरूको विरुद्धमा सङ्घर्ष गर्ने बताए । यसमा युवाहरूको महत्वपूर्ण भूमिका हुने उनको कुरा सुनेपछि तुरुन्त अखिल (क्रान्तिकारी)मा सङ्गठित भएँ । वास्तवमा म ‘क्रान्तिकारी’ भन्ने शब्दबाटै प्रभावित भई संगठनमा लागेको थिएँ । क्रान्तिकारी भनेपछि पूरै परिवर्तन, उथलपुथल भन्ने बुझिन्थ्यो ।

यो सङ्गठनमा लागेपछि आपूmलाई अझ बढी शक्तिशाली भएको महसुस गरेँ । जसले गर्दा सङ्गठनका कामहरूमा रातदिन नभनी सक्रिय भई लागियो । जिल्लामा दुई–तीनपटक विद्यार्थी भेला भयो । भेलाले मलाई विद्यार्थीको जिल्ला कमिटी सदस्य बनायो । माथि जिल्ला कमिटी सदस्य र अध्ययनरत स्कुलको इकाई सचिवको जिम्मेवारी दिइयो ।

हाम्रो काम चन्दा तथा लेबी सङ्कलन गर्नु थियो । दुई÷चार रूपैयाँको लेबी तथा चन्दा उठाएर सङ्गठनलाई बुझाउँथ्यौं । यसरी सानै उमेरमा विद्यार्थी राजनीतिप्रति चासो र जिम्मेवारी बढ्दै गयो । नेताहरूसँग पनि भेटघाट बढ्न थाल्यो । प्रायजसोः चिठी ओसारपसार गर्ने, नाराहरू लेख्ने, पेन्टिङ्ग–पम्पलेट टाँस्नेजस्ता काम आउँथ्यो । सहजै काम फत्ते गरिन्थ्यो । नेताहरूसँगको भेटघाट, प्रशिक्षण र जिम्मेवारीका काम पूरा गर्दै जाँदा मनोबल बढ्दै गयो । आपूmलाई ठूलो र क्रान्तिकारी मान्छे भएको महसुस हुन थाल्यो ।

सबैले दीपेन्द्र सर, दीपेन्द्रजी भन्न थाले । आत्मबल पनि बढ्यो । म स्वभावैले महत्वाकाङ्क्षी पनि थिएँ । अनि ठूलठूला काम गर्न पनि पछि नपर्ने भएँ । एकदुई ठाउँमा सेबोटेज पनि ग¥यौं । पछिल्लो चरणमा दुश्मनबाट म अलि बढी टार्गेटमा पर्न थालें । अन्य विद्यार्थी सङ्गठनहरूसँग पनि मनमुटाव बढ्न थाल्यो । उनीहरूको पनि निशाना भएँ म ।

दलित, क्षेत्री र बाहुनहरूका छोराछोरी हाम्रो सङ्गठनमा आवद्ध हुने क्रम त छँदै थियो । हाम्रा गाउँघरका नेवि सङ्घ र राप्रपामा रहेका ठकुरीहरूका छोराछोरीहरूलाई पनि सङ्गठनमा ल्याइयो । त्यसो हँदा म एकातर्फ लोकप्रिय बन्दै गएँ भने अर्कोतर्फ मेरा आफ्ना साथी र इष्टमित्रहरूमाझ फाटो पनि पर्दै गयो । यसै क्रमसँगै जिल्लामा दुई÷चारवटा पुलिस अप्रेशनहरू भए ।

बुबा नेपाली काङ्ग्रेसको जिल्ला कमिटी सदस्य अनि त्यहाँको सभापति टङ्कबहादुर विष्टको एकदम नजिकको साथी । अब मेरो बुबासँग पनि कुरा नमिल्ने भयो । घरमा पुलिसहरू आइरहन्थे । मेरो राजनीतिक गतिविधिका कारण मेरो घरमा पनि सम्बन्ध बिग्रँदै गयो । बुबा काङ्ग्रेस भएपनि पुलिसले मलाई नराम्रो दृष्टिले हेर्न थाल्यो ।

२०५५ असारतिर जनयुद्ध दमन गर्न राज्यले ‘किलोसेरा टू’ अपरेशन चलायो । म उमेरले १५/१६ वर्षको मात्र थिएँ । तर पनि राजनीतिक गतिविधिले म सबैको निशानामा परिसकेको थिएँ । गते बिर्सें मेरो घर लालु गाविसको तल्कोटमा ५१ जनाको दङ्गा प्रहरीले मलाई अकस्मात गिरफ्तार गर्न आए । त्यसपटक मलाई कुन्नी किन हो गिरफ्तार भने गरेनन् । सायद बुबा काङ्ग्रेस भएकाले मलाई बुबाले नै ठीक गरिहाल्लान् भनेर केही समय वाच मात्र गर्ने गरी छोडेका पनि हुनसक्छन् । त्यसपछि उनीहरू दुईतीन दिनसम्म सिभिल र युनिफर्ममा मेरो घरमा आइरहे । मैले के गर्छु, कहाँ जान्छु, को–कोसँग बस्छु सबै निगरानी गर्न थाले । चार–पाँच दिनपछि दङ्गा प्रहरीको इन्स्पेक्टर विकास श्रेष्ठको कमाण्डमा आएको टोलीले मलाई गिरफ्तार ग¥यो र अस्थायी क्याम्पमा लगेर चरम यातना दियो ।

२०५५ माघ ५ या ६ गते अप्रेशनका लागि एकाएक गाउँमा हेलिकोप्टर घुम्न थाले । हेर्दाहेर्दै हाम्रो गाउँमा दुई–तीनवटा हेलिकप्टरबाट फोर्स झारेर प्रहरीको दङ्गापोष्ट खडा गरी अप्रेशन चलायो । पुलिसहरू स्कूलमा आउन थाले र विद्यार्थीहरूमाथि निगरानी, धरपकड शुरु गर्न थाले ।

गाउँमा फाटफुट्ट माओवादी गतिविधि चलाउने रमेश विष्ट, अर्का एकजना कमरेड (पछि सहिद हुनुभयो) र म थियौं । उहाँहरू म भन्दा सिनियर हुनुहुन्थ्यो । त्यतिबेला प्रायःजसो राजनीतिक कार्यक्रहरू जङ्गल र गोठहरूमा हुन्थे– अत्यन्त भूमिगतरूपमा । ती कार्यक्रमहरूमा सूचना सञ्चार, खानपान र लत्ताकपडाको व्यवस्था गर्ने काम मेरो हुन्थ्यो । मेरा यस्तै कामहरूले विरोधीहरूमा बजार पाइसकेको थियो । ममाथि पुलिसहरूको निगरानी बढिरहेको थियो ।

एकदिन असार महिनाको कुरा हो, पुलिसहरू अकस्मात रातारात मेरो घर घेरा हालेछन् । म घरमै थिएँ । मलाई सुईंकोसम्म भएन । रातभर घर घेरेपछि बिहानीपख उनीहरू घरभित्र पसेर खानतलासी शुरु गरे । मेरा विद्यार्थी सङ्गठनका कागजपत्रहरू, पार्टीका पत्रिकाहरू कब्जा गरे । माओवादीको राजनीति गर्ने भनी मलाई धम्की दिए । भोलि उनीहरूको क्याम्पमा हाजिर हुन जाने आदेश गरे । म एक हप्ता जति हाजिर हुन गएन । त्यसले मेरा आफन्तजनहरू आत्तिए । आतंककारी विद्यार्थी सङ्गठनमा लागेको भन्दै घरबाट निकै टोकाइ खाइयो ।

युवाहरूलाई माओवादीमा लाग्नबाट रोक्न राज्यले विभिन्न लोभलालचहरू देखाउन थाल्यो । तुरुन्तै विकास श्रेष्ठ भन्ने त्यहाँको इन्स्पेक्टरले सम्पूर्ण युवाहरूलाई पुलिसमा भर्ती हुन आह्वान ग¥यो । केहीलाई भर्ती पनि ग¥यो । त्यतिखेर भर्ती भएका ती पुलिसहरू कति युद्धका क्रममा मारिए भने कति अहिले पनि कार्यरत छन् । मेरो दाइ पर्ने मेरो कान्छो बुबाको छोरा अहिले सहिद भइसक्नु भयो । उहाँ र मलाई पनि भर्ती हुन बोलायो । हामी फेरि पनि गएनौं । एकदिन बिहान १० बजेको समय थियो होला । हामीले खाना खाँदै थियो । पुलिसहरू आएर घर घेरिसकेछन् । त्यसपटक त मलाई समातेर हत्कडी लगायो । हामीलाई पोष्टमा लगेर नराम्रोसँग यातना दियो ।

हाम्रो गाउँमा पहिलोपटक गिरफ्तार गरी हतकडी लगाइने माओवादी हामी नै थियौं । शुरुमा त सबै कुराहरू खोल तिमीहरूलाई मार्दैनौं बरू तलब दिन्छौं पुलिसमा भर्ती गरिदिन्छौं भने । खड्के नेपाली कहाँ बस्छ ? रमेश विष्ट कहाँ बस्छ ? विप्लव कता बस्छ ? भन्दै निकै केरकार गरे । त्यतिबेला त्यहाँको इन्चार्ज थिए नेत्रविक्रम चन्द ‘विप्लव’ । हिमाल कहाँ बस्छ, को–कोसँग सम्बन्ध छ ? ल भन भनेर भने । यदि नभने मार्ने धम्की दिए । हामीले कुनै पनि हालतमा कुरा खोलेनौं । ‘हामीलाई केही थाहै छैन । हामी विद्यार्थी हौं । कवेन्द्र विष्टजी आएर हामीलाई सङ्गठित गर्नुभएको हो । क्रान्तिकारी विद्यार्थी सङ्गठन भनेको परिवर्तनका लागि गर्ने हो । राष्ट्रको लागि हामी जे पनि गर्नुपर्छ भनेर हामी लागेका हौं । हामी कुनै घर फोर्न पनि गा’छैनौं । लुटपाट पनि गरेका छैनौं ।’ यस्तै–यस्तै बयान गरिरह्यौं । यो कुरा बाहेक अन्य कुनै पनि कुरा खोलेनौं । हामीले त्यसो भन्दा साले भाषण गर्छस् भनेर गोद्थे । चरम यातना दिन्थे । ती कसाहीहरुको जतिसुकै चर्को यातनामा पनि हामी गलेनौं बरु अझ बढी स्पातिलो बन्दै गयौं ।

फलामको पाइप, घङ्गारुको लट्ठीले खुट्टाका पैतलालगायत पूरै शरीरभरि नराम्रोसँग यातना दियो । गोपनीयता खुलाउन चरम भौतिक र मानसिक यातना दिए । गाउँको क्याम्पमा मैले कुनै कुरा खोलेन । त्यहाँ नखोलेपछि जिल्लामा लिए । मलाई ३५ दिन हिरासतमा राखे । अब करिब–करिब जेलमा हाल्ने वा आत्मसमर्पण गराउने पक्कापक्की भयो । अब आइन्दा गर्दैन भनेर आत्मसपर्मण गर्ने वा हामी ‘आतंककारी’को विल्ला लगाइने पक्कापक्की भयो । कालिकोटमा धेरैलाई त्यसो गरिसकेका पनि थिए । आतंककारी भनिसकेपछि कुनै न कुनै बहानामा मार्थे ।

यिनीहरूले छोड्दैनन्, कुनै न कुनै तरिकाले फसाउँदै छन् भन्ने निश्चित भइसकेको थियो । अरु गाविसबाट पनि गिरफ्तार गरेर थुपै्र साथीहरूलाई लिएको थियो । मरिने पक्का भएपछि बाँच्ने उपाय सोच्नेतिर लागें । सोच्दै जाँदा हाम्रो एकजना नाता पर्ने अङ्कलसँग सम्पर्क गर्ने सोचें । प्रेमबहादुर सिंह एमालेको नेता । उहाँसँगको सम्पर्कपछि म छुटें । मेरो रिहामा उहाँको ठूलो योगदान छ । मेरो उद्दार गर्नुभयो । मेरो अङ्कल र उहाँ स्कुल पढ्दाका घनिष्ट साथी । आफ्नो साथीको भतिज बारेमा यस्तो सुनेपछि उहाँले मलाई त्यो मेरो विद्यार्थी सङ्गठनको मान्छे हो । उसलाई त्यहाँबाट छुटाउनु प¥यो भनेर केन्द्रबाटै आदेश गर्नुभयो र मलाई त्यहाँबाट छोडियो ।

मलाई गिरफ्तार गर्दा, हिरासतमा राख्दा मेरा ख्याल गर्ने आफन्तजनबाहेक कोही थिएनन् । त्यतिबेला मानवअधिकारवादी, पत्रकार कसैको केही लाग्दैनथ्यो । पुलिस प्रशासन बेलगाम थियो । उसले जे गरेपनि हुन्थ्यो ।

गाउँ अप्रेशनको डिजाइन गर्ने चाहिँ हाम्रो मामा पर्ने रहेछन् । उनलाई पार्टीले कार्बाही पनि गरिसक्यो । उनले पुलिसलाई मेरो बारेमा सबै रिपोर्ट गरेका हुनाले कसैले जिम्मा लिन मानेनन् । मेरो बुबा मुमा सबै एकदम चिन्तित हुनुभयो । मेरो रिहाको लागि हरदम प्रयास गर्नुभयो । प्रेमबहादुर सिंह आइसकेपछि सबै जिम्मा उहाँले लिनुभो म त्यहाँबाट निस्केँ । हिरासतबाट निस्किएपछि सोचें, अब पनि केही नगरि बसिरहने हो भने लाचार भएर मर्नुबाहेक अरु विकल्प छैन । त्यसपछि पूर्णकालीन भएर माओवादीमा हिडियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *