तेस्रो तथा समलिङ्गीद्वारा कोठा नपाएको गुनासो

  
  प्रकाशित मितिः सोमवार, फाल्गुन २८, २०६९       | 107 Views   ||

दाङ, फागुन २७ । तेस्रो लिङ्गी तथा समलिङ्गीहरुले कोठा भाडा नपाइने र पाइए पनि महङ्गोमा बस्नुपर्ने बाध्यता रहेको बताएका छन् । निलहिरा समाजको आयोजनामा गत साता घोराहीमा भएको समलिङ्गी तथा तेस्रो लिङ्गीमाथि हुने लाञ्छना र भेदभाव न्यूनीकरण गोष्ठीमा सहभागी तेस्रो लिङ्गी तथा समलिङ्गीहरुले यस्तो गुनासो गरेका हुन् ।

उनीहरुले नागरिकता नलिएकाहरुलाई नागरिकता लिन सहज भए पनि पहिले नै पुरुष वा महिलाको नागरिकता लिइसकेका तेस्रो लिङ्गी तथा समलिङ्गीहरुलाई भने नागरिकता लिन समस्या परेको बताएका थिए ।

समाजका अध्यक्ष प्रेरणा विष्टको अध्यक्षता एवं जिल्ला जनस्वास्थ्य अधिकृत जनार्दन गौतमको प्रमुख आतिथ्यमा भएको गोष्ठीमा बोल्ने वक्ताहरुले विभिन्न लाञ्छना लाग्न नदिनका लागि समलिङ्गी तथा तेस्रो लिङ्गीहरु आफु स्वयम् सजग हुनुपर्ने बताएका छन् । त्यस अवसरमा बोल्दै प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले भेदभाव वा अभद्र व्यवहार भएमा प्रहरी कार्यालयमा निवेदना दिन आग्रह गर्दै कानून अनुसार सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्ला एड्स समन्वय समितिका संयोजक सन्देश पौडेल, पत्रकार आर के शितल, तेस्रो लिङ्गीको नागरिकता प्राप्त गर्नुभएका अमृता बास्तोला, निलहिरा समाजका दीपीका विसीलगायतले आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा समाजका कार्यक्रम संयोजक शिल्पा चौधरीले तेस्रोलिङ्गी तथा समलिङ्गीहरुको अवस्था र चुनौतीका विषयमा कार्यपत्र प्रस्तुत गर्दै विगतको भन्दा धेरै सुधार भएको बताउनुभयो । उहाँले तेस्रो लिङ्गीको पहिचानसहितको नागरिकता नभएकाले भने समस्या पर्ने गरेको गुनासो गर्नुभयो । कार्यक्रमको सहजीकरण निलहिरा समाजका कर्मचारी निर्मल अर्यालले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *