दाङमा होली पर्व (फोटो फिचर)

  
  प्रकाशित मितिः बुधबार, चैत्र १४, २०६९       | 162 Views   ||

holi_dang 10दाङ, १४, चैत । माया, प्रेम र सद्भाव अनि रंगको पर्व भनेर चिनिने होली आज दङालीहरुले रमाइलो गरी मनाएका छन् । युवायुवती, केटाकेटीदेखि वृद्धवृद्धा सबैले एक अर्कालाई विभिन्न रंगका टीका लगाएर, विविध कार्यक्रम गरेर उत्साह र हर्षोल्लासका साथ होली पर्व मनाएका हुन् ।

होलीका अवसरमा नेपाल पत्रकार महासंघ दाङ शाखाले प्रेस काउन्सिल नेपालका निवर्तमान अध्यक्ष, नेपाल पत्रकार महासंघ दाङका संस्थापक अध्यक्ष वरिष्ठ पत्रकार नारायणप्रसाद शर्माको निवास घोराही–३, अक्षरधाम वर्गद्धीमा शुभकामना आदानप्रदान कार्यक्रम गरी होली पर्व मनाएको छ ।

आफ्नै जन्मघर घोराही–३ वर्गद्धीमा बस्दै आउनुभएका शर्माको निवासमै पुगेर पत्रकारहरुको टोलीले शुभकामना दिएको थियो । सो अवसरमा बोल्दै वरिष्ठ पत्रकार नारायणप्रसाद शर्माले होली पर्व माया, प्रेम र सद्भावको प्रतीक रहेको भन्दै सबैले सकारात्मक चिन्तनको विकास गरेर मनाउनुपर्ने बताउनुभयो । मनभित्रका विकार, विकृति र नराम्रा कुराहरुलाई दहन गर्नुपर्ने भन्दै शर्माले विविध रंगहरुको होली पर्वजस्तै विविध विचारहरुको एकताले नै समृद्ध राष्ट्र निर्माण हुने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका सल्लाहकार एवम् प्रेस युनियनका केन्द्रीय सदस्य सुदीप गौतम, क्रान्तिकारी पत्रकार संघ, दाङका उपाध्यक्ष डिल्ली मल्ल, प्रेस चौतारी दाङका उपाध्यक्ष टीका बस्नेतलगायतले होली पर्वको शुभकामना दिदै विविध रंगजस्तै विविध विचारहरुको समान अस्तित्व रहेमात्र समाज अघि बढ्नेमा जोड दिनुभयो ।

महासंघ दाङका उपाध्यक्ष नरेन्द्र केसीको स्वागतबाट शुरु भएको कार्यक्रमको अध्यक्षता महासंघका अध्यक्ष के. एल. पीडितले गर्नुभएको थियो भने सञ्चालन सचिव सविन प्रियासनले गर्नुभएको थियो ।

दाङमा होली : केही झलक
Holi_Dang 1

वरिष्ठ पत्रकार नारायणप्रसाद शर्मा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष के.एल. पीडितलाई अविर लगाउँदै

holi_dang 2

holi_dang_12

holi_dang 6

होलीको अवसरमा घोराहीको अरनिको आर्टमा अनुहार पेन्टिङ गर्दै युवाहरु

holi_dang 5

घोराहीको एक पसलमा बेच्नलाई लोला बनाउँदै एक बालिका ।

holi_dang 4

आफ्नो सानो भाईसँग बसेर लोला बनाउँदै एक बालिका ।

holi_dang_11

होलीमा रमाउँदै युवाहरु

holi 14

तस्वीरहरु : डिल्ली मल्ल

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *