रेडियोकर्मी यमकलालाई सहयोग रकम प्रदान

  
  प्रकाशित मितिः मङ्लबार, बैशाख ३१, २०७०       | 139 Views   ||

for_yamkala_janaubharदाङ, बैशाख ३१ । क्रान्तिकारी पत्रकार संघ दाङले संघकी जिल्ला सदस्य एवं रेडियो हाइवेकी रेडियोकर्मी यमकला डाँगीको उपचार सहयोगार्थ २६ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ । संघको पहलमा संकलन भएको सो रकम मंगलबार लमहीमा एक कार्यक्रम गरी हस्तान्तरण गरिएको हो । संघका अध्यक्ष नरेन्द्र केसीले रेडियो हाइवेका प्रबन्ध निर्देशक केपी घिमिरेलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

सो क्रममा क्रान्तिकारी पत्रकार संघ केन्द्रीय समितिले पठाएको १० हजार, जिल्ला समितिले प्रदान गरेको ५ र ओरेक नेपालकी जिल्ला संयोजक सरिता भुसालले उपलबध गराएको एक हजार रकम हस्तान्तरण गरिएको थियो ।

त्यस्तै संघकै पहलमा सल्यान प्रवास सेवा समाज मलेशियाले पठाएको १० हजार एक सय ५ रुपैयाँ पनि हस्तान्तरण गरिएको थियो । सल्यान प्रवास सेवा समाजका संस्थापक अध्यक्ष शान्तकुमार पुनले रेडियोका प्रबन्ध निर्देशक घिमिरेलाई सो रकम रकम हस्तान्तरण गर्नुभएको हो । सो क्रममा चैलाही गाविसको तर्फबाट गाविसका मुखिया हरि रावतले पनि १ हजार ५ सय सहयोग हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा रेडियोका प्रबन्ध निर्देशक घिमिरेले घाइते रेडियोकर्मी डाँगीको उपचारका लागि यसअघि १ लाख ४७ हजार सहयोग प्राप्त भएको र सबैको सहयोगमा डाँगीको उपचारमा प्रगति भएको जानकारी गराउनुभयो ।

सो अवसरमा सल्यान प्रवास सेवा समाजका संस्थापक अध्यक्ष शान्तकुमार पुनले डाँगीको उपचारमा केही सहयोग पुगोस् भनेर आफूहरु टाढाबाट आएर रकम उपलब्ध गराएको बताउनुभयो । उहाँले आफ्नो संस्थाको तर्फबाट यसअघि विभिन्न पीडित व्यक्तिहरुलाई साढे ४ लाख बढी सहयोग उपलब्ध गराइसकेको पनि जानकारी दिनुभयो ।
कार्यक्रमको सहजीकरण क्रान्तिकारी पत्रकार संघ दाङका उपाध्यक्ष डिल्ली मल्लले गर्नुभएको थियो ।

for_Yamkala Janaubhar 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *