नयाँ वर्ष, नयाँ काम !

  
  प्रकाशित मितिः आइतवार, जेष्ठ १९, २०७०       | 135 Views   ||

Sulsuleलेखनदासहरुको एक हुल नयाँ वर्षको पहिलो दिन पिकनिक मनाउन कुदेछन् सदरमुकामबाहिर– त्यस्तै २५/३० किमि टाढा होला । (अनुमान)

पिकनिक न परो– रमाइलोका लागि गा’का । खाने, पिउने, लुछ्ने चल्ने नै भो । सकस त उही पकाउनेलाई हो ।

परेछ फसाद– मासु बाँड्नेलाई । पिउने क्याम्पतिरबाट जति दिए’नि मासु माग्न नछाडेपछि कड्किएछन् भान्से– ‘अरुलाई दिनुपर्दैन ?’

पालो थाली थाप्नेको– ‘अरे यार, डोनरले मागिरा’छन्, मैले हो र ? जसले किन्द्या हो त्यसलाई नदिने ?’
‘डोनर न सोनर’ यत्रैसित्ति डाडु चलेनछ ।

रित्तै फर्किनु परेपछि थालीवालाको पालो– ‘त्यो ……. (यहाँ नभनुम्) ले मासु नदिने ? हाम्लाई के ठान्या ?’ डोनरकहाँ पोल लगाएछन् ।
मासुको करैंमा डाडु घुमारहेका तन्नेरीको पारो चढेछ– सेकेनभरमै गएर दिइहालेछन् बाघे झ्याप्पू । नपत्याए थालीवालाको छाती हेर्नू ।
सुलसुलेको बानी यस्तै छ, सुइँको पायो कि फुस्किहाल्छ– अन्त कतै नभन्नू है । कुरो चैं गोप्य ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *