राजधानी छिरेका रोल्पाली साहित्यकार नवीन विभास दाङ झरेका थिए गत साता । (सायद यो साता नि यतै छन् कि ?)
दाङ आएको मौकामा उनका पुराना मित्र उदय जीएमसँग गफिदै थिए– नयाँ युगबोधको कार्यालयमा ।
डिजाइनर न परे उदय जीएम– ज्ञानमाला डिजाइनका कार्यकारी प्रमुख । कुरा डिजाइनकै चल्दैथ्यो । नवीनले भने– ‘अइ बड्डा, त्यो कभर बनाइसक्या उपन्यास कति लेख्यौ ?’
उदयको पालो– ‘काँ लेख्नु ! अब ‘उपन्यास लेखन शुभारम्भ समारोह’को आयोजना गरेर शुरु गर्नुपर्छ कि भन्ने सोच्या छु, उनले थपे– ‘साक्षी किनारा’ मात्र हो र, ‘दोबाटो’ (उपन्यास)को पनि कभर बनाइसक्या छु ।’
नवीनले लामो कपाल मिलाउँदै मुस्कुराए– ‘फेरि ५९ साल दोहो¥याउने हो कि त्यसो भा ।’
‘पाए त दोहो¥याइन्थ्यो नि ।’ दायाँ हातको बुढी औंला वाँया हातमा नचाउँदै उदय मुस्कुराए ।
सुलसुलेले सुइँको पाइसक्यो उदय–नवीनको ५९ साल । गोप्य कुरो सुलसुलेले भन्दैन– था’ पाउने भा’ आफै उत्तमकृष्ण मजगैंया र टीकाराम उदासीलाई सोध्नू ।
सुलसुलेले सुनेको, बुढा (उदय)ले ‘वर ढलेको चौतारी’को नि कभर बनाउँदै छन् अरे ।