डाँगी भन्छन्– समय आउँदैछ

  
  प्रकाशित मितिः आइतवार, जेष्ठ १९, २०७०       | 143 Views   ||

Dangi_sir-[यज्ञबहादुर डाँगी]
कवि/साहित्यकार

पछिल्लोपटक कुन पुस्तक पढ्नुभयो ?
–आजभोलि खासै पढिरहेको छैन । निनु चापागाईंको ‘दलित सौन्दर्यशास्त्र र साहित्य’ एक महिना पहिले पढेर सकियो ।

दलित सौन्दर्यशास्त्र र साहित्यमा खास कुरा के रहेछ ?
–त्यो कृति माक्र्सवादी सौन्दर्यशास्त्र, माक्र्सवादी समालोचनाको रुपरेखा र खासगरी दलित सौन्दर्यशास्त्र र साहित्यको बारे विस्ताररुप, अनुसन्धान र खोजमूलक लेख छ  ।

अहिलेसम्म पढेका पुस्तकहरुमध्ये धेरै प्रभावित भएको कुनै पुस्तक ?
–कवितामा कृष्ण सेन ‘इच्छुक’का कविताहरु पटक–पटक पढ्न मन लाग्छ । माक्र्सवादी समालोचनामा निनु चापागाईंको पुस्तक ‘दलित सौन्दर्यशास्त्र र साहित्य’ लाभप्रद छ ।

कस्ता पुस्तक पढ्नुहुन्छ नि ?
–समालोचना, कवितासङ्ग्रह र कहिलेकाँही दर्शनका पुस्तकहरु पढ्ने गर्छु ।

पुस्तक लिदै बुँइगलमा फाल्दै गर्नुहुन्छ रे, कति छन् तपाईंसँग पुस्तक ?
–फालेको होइन, राखेको हो । व्यवस्थित छैन भनौं । पुस्तक धेरै छैनन्, हजार जति । त्यति धेरै होइन ।

पुस्तक किन्न सरदर मासिक खर्च ?
–बजेट बनाइएको छैन । भारततिर गएको समयमा दुई हजारसम्मको पनि किनिन्छ ।

तपाईंलाई लेख्ने ऊर्जा कसरी प्राप्त हुन्छ ?
–समाजमा घटिरहने विभिन्न घटनाहरुले तान्छन् ।

आफूलाई राम्रो लागेको आफ्नै कुनै एक रचना ?
–अहिलेसम्म मैले राम्रो रचना कुन हो भनेर खोज्ने गरेको छैन । सायद खोजे पनि म सफल हुँदैन होला । लेख्दैछु, हेरौं ।

तपाईं कवि, समालोचक, संगठक कि शिक्षक ? आफूलाई के भनेर चिनाउनुहुन्छ ?
–मलाई कवि नै भन्छन् साथीहरु ।

पाठकले तपाईंको नयाँ कृति पढ्न एकदशक नै कुर्नुपर्ने पर्ने हो कि ?
–समय आउँदैछ । अब धेरै वर्ष पर्खनु पर्दैन ।

कतिपयले तपाईंलाई कविताचाहिँ धर्ती प्वाल पार्ने लेख्छ तर काम भने खोपिल्टो खन्ने पनि होइन भनेर आरोप लाउँछन् नि !
–आरोप होइन मजाक होला । मजाक गर्न त पाइयो नि । खोपिल्टो पनि कसले खन्ला, हामीले कुरुपका विरुद्ध सुन्दरको पहाड पो उठाउने हो ।

प्रस्तुतिः विवश
प्रकाशित मितिः २०७० जेठ ५ गते आइतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *