‘जमिन्दार’लाई ‘जुँगा’ सकस !

  
  प्रकाशित मितिः आइतवार, जेष्ठ १९, २०७०       | 167 Views   ||

Nityanandaप्रसङ्ग केही वर्ष पैलेको होला । तर, रहस्य खोले केही दिनअघि मात्र बालसाहित्यकार नित्यानन्द शर्माले ।
पेशाले परे लाइब्रेरियन, लेखनीले गर्दा बुढेसकालमा पनि बाल साहित्यकारको उपाधि पाएका उनै बुढालाई अफर आएछ चलचित्रमा– त्यो पनि ‘जमिन्दार’को भूमिका ।
अफर गर्ने निर्देशक परेछन्– थारु भाषाको ऐतिहासिक चलचित्र ‘भुइँह्यार’का निर्देशक के.एल. पीडित ।
नयाँ काम, नयाँ अफर !
‘लौ न जे पर्ला–पर्ला गरौं ।’ बुढा
(नित्यानन्द)ले सहमति जनाएछन् ।

सोझो किसानको छोरो, जमिन्दार बन्नुपर्दा मन त्यसै–त्यसै कुँडिएको हुँदो हो । जुँगा नहुनुको पीडा– नक्कली लाउनु परेछ ।
बिहानैदेखि नाकमुनिको सफाचट ठाउँमा चेप्ट्याएको घोप्टे जुँगा दिनभरि टाँसेर सुटिङ गर्नुपर्ने । त्यहाँसम्म त ठिकै थ्यो, फसाद परेछ बुढालाई– जुँगा निकाल्दा ।
बुढाले सुनाए– ‘पानीले भिजाउँदै निकाल्दै ग¥यो– निस्किदै निस्किन्न, बरु छालै उत्रेला, जुँगा आउने छाँटै छैन । ‘जमिन्दार’को बेहाल जुँगाले पो गरायो । मुश्किलले निकालियो जुँगा– जुँगा टाँस्या छाला चैं हप्ता दिनसम्म दुख्यो ।’
कुरा सुनेर छेऊमा बसेका नवीन र उदय मरिमरि हाँसे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *