‘२१ माइनस १’ को आतंक !

  
  प्रकाशित मितिः आइतवार, जेष्ठ १९, २०७०       | 170 Views   ||

Sulsuleपत्रकार = देशविदेशका ताजा–ताजा खबर सुनाउने सूचनाका वाहक ।
यो त भो सबैले बुझ्या कुरो ।

आजभोलि पत्रकार अलि बिग्य्रा हुन् कि अरु बिग्य्रा हुन् खोई ?

हप्तादिनअघि च्या पसलमा एकजना किसानले भनेछन्– ‘आज रातभरि सुत्नै पाइएन । ठूलै पत्रकार हो रे, बाँच्दा कतिलाई दुःख दियो, मर्दा मलाई सुत्न दिएन ।’
छेऊमै बसेका दुइ जना पत्रकारले परिचय लुकाएर सोधेछन्, ‘के भो र ?’ उसको पालो, ‘नखाने चीज खाएछ रातभरि टेन्सन । आफू त गयो–गयो, हाम्लाई नि सुत्न दिएन । के कुरा गर्नु पुलिस, ड्राइभर र पत्रकारका पनि ।’
ती दुई पत्रकारले मुखामुख गरेछन् ।

सुलसुलेको सोझो कुरा– दुःखपीरा नमान्नू पत्रकार बगाल हो । बेलैमा बुद्धिको बिर्को खोल । आचकल अलि सम्चारभन्दा अरु खोज्ने बानी लाग्या छ रे । फेरि २१ माइनस १ खाएर दुनियाँलाई सताउला । सुलसुलेले सुइँको पाइसक्या छ, भन्न नपरोस् ।

प्रकाशित मितिः २०७० जेठ १२ गते आइतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *