पुस १२ गते दाङ खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिने

  
  प्रकाशित मितिः आइतवार, जेष्ठ १९, २०७०       | 153 Views   ||

गोविन्द खड्का
दाङ । १२ बूँदे दाङ घोषणापत्र जारी गर्दै दुई दिने जिल्लास्तरीय सरसफाई सम्मेलन शनिबार सम्पन्न भएको छ । घोषणापत्रमा खुला दिसाले बिरामी पर्ने, रोग सार्ने र मान्छे मार्ने, इज्जत र प्रतिष्ठामा आँच पु¥याउने भन्दै खुला दिसा गर्ने व्यक्तिलाई सामाजिक अपराधका रुपमा घोषणा गर्ने, सार्वजनिक शौचालय निर्माण र व्यवस्थापनको कार्ययोजना बनाउने, असार मसान्तभित्र सबै गाविस र नगरपालिकामा बृहत सरसफाई भेलाको आयोजना गर्ने उल्लेख गरिएको छ ।

त्यस्तै, सरसफाई अभियानमा विशेष योगदान गर्ने व्यक्ति तथा संस्थालाई  पुरस्कृत गर्ने, शौचालय बनाउन अनुदान दिनु असक्षम घोषणा गर्नु हो भन्दै आत्म सम्मान र आत्मनिर्भरताका लागि अनुदान लिने दिने काम रोकिने कुरा समेटिएको छ । त्यस्तै, घोषणापत्रमा पुस १२ गते दाङलाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने प्रतिबद्धता गरिएको छ । त्यस्तै, घोराही र तुलसीपुर नगरपालिका एवं बाँकी रहेका १९ गाविसले मंसिर १५ गतेभित्र खुला दिसामुक्त क्षेत्र घोषणा गरिसक्ने प्रतिबद्धता जनाइएको छ ।

जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एवं स्थानीय विकास अधिकारी विष्णु प्रसाद पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा सरसफाई अभियानमा विशिष्ट योगदान पु¥याएको भन्दै विभिन्न क्षेत्रका व्यक्तिहरुलाई कदरपत्रले सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा जिल्ला सरसफाई फोकल पर्सन खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका इञ्जिनियर तिलक न्यौपाने, सव–  इञ्जिनियर इन्द्रबहादुर बस्नेत, प्राविधिक राजकुमार पोख्रेल, गजेन्द्र बहकरी, राजकुमार आचार्य, तिलबहादुर केसी, अशोक शाह र महिला कार्यकर्ता शान्ता घर्तीलाई सम्मान गरिएको थियो । त्यस्तै, वास फोरमका सदस्य जनउभारकर्मी गोविन्द खड्का र नेपाल रेडक्रस सोसाइटीका जिल्ला संयोजक विश्राम अधिकारीलाई पनि सम्मान गरिएको थियो ।

यसैगरी सम्मेलनमा सरसफाई अभियानका पहिलो दानवीर सौंडियारका भुपबहादुर शाह, निमावि धनौरीका शिक्षक गोविन्दबहादुर घर्तीलाई पनि सम्मान गरेको थियो । त्यस्तै, पछिल्लो चरणमा खुला दिसामुक्त घोषणा गरिएका गाविसका सचिवहरु अग्निकुमार न्यौपाने, टेकबहादुर खड्का, राजेश कुमार गुप्ता, शिवराज केसी, श्रीलाल चौधरी, चन्द्रकुमार डाँगी, नवेन्द्र गिरी, काशीराम खत्री, दुर्गाबहादुर भण्डारी, विष्णुबहादुर थापालगायतलाई फूलमाला र अविरसहित कदरपत्रले सम्मान गरिएको थियो ।

सम्मेलनको समापनका अवसरमा राजनैतिक दलहरुको तर्फबाट बोल्दै एकीकृत नेकपा माओवादी दाङका जवस मोर्चा फ्याक्सन इन्चार्ज लुमाकान्त न्यौपाने ‘सागर’ले दलहरुको अर्जुनदृष्टि खुला दिसामुक्त अभियान हुनुपर्ने बताउनुभयो । यसैगरी जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका सल्लाहकार एवं प्रमुख जिल्ला अधिकारी रवीलाल पन्थले सामाजिक मुद्दामा सबै राजनैतिक दल एकै ठाउँमा आई जनतालाई पर्दा सहयोग गरेको भन्दै स्रहना गर्नुभएको थियो ।

सो अवसरमा विशिष्ट अतिथिहरु संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालयका उपसचिव रमेश अधिकारी, यूएन ह्याविटाटका कमल अधिकारी, युनिसेफका सिद्धि श्रेष्ठ, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केशवराज पण्डित, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रमुख अरुणकुमार सिम्खडा, गाविस सचिव हकहित संरक्षण केन्द्रका अध्यक्ष गेहराज पौडेल, रेडक्रस सोसाइटी दाङका सभापति नारायण आचार्य, ज्ञानु केसी, देविका घर्तीमगरले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको सहजीकरण खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्राविधिक गजेन्द्र बहकरीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *