रचना छपाउने आइडिया !

  
  प्रकाशित मितिः आइतवार, जेष्ठ १९, २०७०       | 120 Views   ||

Sulsule‘म काठमाडौं आइपुगें’ कविता सङ्ग्रह बोकेर युवाकवि सङ्गीतश्रोता दाङ आइपुगेका थिए– शनिबार । कार्यक्रमको चाँजोपाँजो मिलाएको थियो मदानी साहित्य समूह नेपालले ।
प्रकाशक फिनिक्स बुक्सका झापाली गौतम राईलाई साथ लगाएर दाङ आएका कविसँग कार्यक्रम सकिएपछि फोटो खिचाउने कुरो उठ्यो ।

ठूलो क्यामेरा खोज्दै जाँदा भेटिए– उनै उदय जीएम ।

अरुका फोटो खिचिसकेपछि उदयले फ्याट्टै बोले– ‘ओहो सर, तपाईंसँग त फोटो खिचाउनै प¥यो । कहिलेकसो क्यै लेखि टोपलिएछ भने सँगै खिच्या फोटो र रचना पठाए मूल्याङ्कनमा छापिन्छ कि ?’ कुरा सुनेर सङ्गीत हाँसिरहे ।
कस्तो गज्जब रचना छपाउने उदय आइडिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *