पाइरेसीले डुबायो, सीडी बिक्दैन | रेणु विष्ट केसी

  
  प्रकाशित मितिः आइतवार, साउन ६, २०७०       | 140 Views   ||

Renu_bist_kcरेणु विष्ट केसी
गायिका

तपाइँको पहिलो एल्बम ‘पहिलो पाइला’लाई फर्केर हेर्दा के पाउनुभयो ?
–मेरो पहिलो गीतिएल्बम ‘पहिलो पाइला’को रिजल्ट राम्रो आयो । त्यो एल्बम सुनेका र म्युजिक भिडियो देखेका दर्शकश्रोताबाट राम्रो रेस्पोन्स पाएँ । त्यसले कलाकारहरुलाई हौसला र प्रेरणा दिदो रहेछ ।

‘पहिलो पाइला’ गीतिएल्बममा रहेका गीतहरुमध्ये सर्वाधिक चर्चामा कुन गीत रह्यो ?
–त्यो एल्बममा समेटिएका गीतहरुमध्ये ‘रुवाउँदिन म’ बोलको गीत सर्वाधिक मन पराइदिनुभयो दर्शक÷श्रोताले । यही गीतले नै मलाई मिडियामा चिनाउने काम पनि ग¥यो । र, दर्शक/श्रोताको माया पनि पाए“ ।

लगत्तै ‘अन्तध्र्वनि’ रिलिज गर्नुभएको छ । यसबारे कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
–‘अन्तध्र्वनि’बाट पनि राम्रो रेस्पोन्स पाइरहेकी छु । यसको म्युजिक भिडियोले पनि टेलिभिजनहरुमा राम्रो स्थान पाएको छ । पहिलो पाइलादेखि अन्तध्र्वनिसम्म राम्रो प्रतिक्रिया पाएकी छु ।

लगातार एल्बम निकालिरहनु भएको छ ? आम्दानी कस्तो रहेछ नि ?
–नामको लागि हो । दाम त यस्तै हो । गायन क्षेत्र साह्रै नै खर्चिलो छ । निरन्तरता दिन गाह्रो छ । निरन्तरता नदिने हो भने दर्शक÷श्रोताले बिर्सिने सम्भावना हुन्छ । त्यै भएर पनि ‘अन्तध्र्वनि’ लिएर आएकी हुँ । त्यसपछि अर्को एल्बमको तयारी पनि गरिरहेकी छु । दुई÷तीनवटा गीत तयार भइसकेको अवस्था हो । त्यसपछि आफ्नै शब्द, सङ्गीत र स्वरमा एल्बम निकाल्ने योजना छ ।

आम्दानी त भन्नु भएन नि ?
–यो काम असाध्यै खर्चिलो छ । यसको बेफाइदा यही हो । जति छ खर्च मात्रै छ । प्रोमोको लागि मात्र टन्न पैसा दिनुपर्ने हुन्छ । प्रमोशनका लागि १ लाखको हाराहारीमा खर्च हुन्छ । कतै प्रोग्राममा गइयो भने हो नत्र एल्बमबाट पैसा आउँदैन । एल्बमहरु विदेश पठाउन पाइयो भने फाइदा होला । नत्र त सम्भव छैन ।

सिआरबिटी र पिआरबिटीबाट पनि त पैसा आउँछ भनिन्छ नि ?
–चल्यो भने त राम्रो छ । तर, त्यो त डाउनलोड बेस्सरी हुनुप¥यो नि । २५–३० हजार आएर खर्चको तुलनामा के हो र ? मेरो गीत यति डाउनलोड भयो, श्रोताले माया गर्नुभयो भनेर गर्व गर्ने कुरा मात्र हो त्यो ।

पहिलो र दोस्रो एल्बममा कुन कुन गीतलाई श्रोताले मन पराए ?
–‘पहिलो पाइलामा’ ‘रुवाउ“दिन म’  बोलको गीतलाई श्रोताले मन पराइदिनु भो । दोश्रो एल्बम ‘अन्तध्र्वनि’मा ‘फेरि एक हुन मिल्छ र प्रिय’ बोलको गीत मन पराइदिनुभएको छ । केहीले दोश्रो एल्बमको ‘तिमी जहा“ भए पनि’ बोलको गीतलाई मन पराइदिनुभएको छ ।

एउटा गीत राम्रो हुनका लागि के–के चाहिने महसुस गर्नुभयो नि ?
–टिमवर्क हो । सङ्गीतकारले राम्रो सङ्गीत दिनुप¥यो । शब्द उत्तिकै राम्रो हुनुप¥यो । अनि गायक÷गायिकाले त्यत्तिकै पर्फेक्ट गाउनुप¥यो । एरेञ्जरले राम्रोस“ग एरेञ्ज गर्नुप¥यो र वाद्यवादन राम्रो हुनुप¥यो । त्यस्तै, स्टुडियो पनि उत्तिकै गुणस्तरीय हुनुप¥यो । अनिमात्र एउटा राम्रो गीत तयार हुन्छ जस्तो लाग्छ मलाई ।

थला परेको सङ्गीत उद्योगलाई माथि उठाउन के गरिनुपर्छ जस्तो लाग्छ ?
–पाइरेसीले सीडी बिक्दैन । स्टुडियोबाट निस्कन नपाउ“दै बजारैभरि गीत पाइन थाल्छ । प्रविधिका कारणले यस्तो भएको हो । प्रविधिकै कारणले पाइरेसी बढेको छ भने प्रविधिकै प्रयोगबाट यसलाई हटाउन सकिन्छ र सङ्गीत उद्योगलाई माथि उठाउन सरकारले पनि त्यस्तै किसिमको नियमकानून र योजना ल्याउनुपर्छ ।ध

प्रस्तुति : कुसुम लेकाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *