एमाओवादीको लालमटियामा विस्तारित बैठक

  
  प्रकाशित मितिः बिहिबार, कार्तिक ७, २०७०       | 113 Views   ||

दाङ, असोज २२ । एकीकृत नेकपा माओवादी क्षेत्र नं. २ अन्तर्गत लालमटिया गाउँ पार्टीको विस्तारित बैठक लालमटियाको मसुरियामा मंगलबार सम्पन्न भएको छ ।
बैठकलाई सम्बोधन गर्दै एकीकृत नेकपा माओबादीका राज्यसमिति सचिवालय सदस्य तथा २ न. निर्वाचन क्षेत्रका उम्मेदवार होमवहादुर पुन ‘रोहित’ले परिर्वतनको एजेन्डा बोकेको पार्टी एमाओवादी मात्र भएको बताउनुभयो ।

पुनले एमाओबादीले दोश्रो संविद्यान सभामा हार व्यहोरे सिङ्गो बर्गले हार्ने बताउँदै अहिलेको मुख्य आवश्यकता भनेको माओबादी लाई जिताउनु हो भन्नुभयो ।

लालमटिया गाउँ पार्टीका अध्यक्ष श्यामेश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा एमाओबादीका थारुवान राज्य समितिका सचिबालय सदस्य नरेन्द्रमान केसी, एमाओवादी २ नं. क्षेत्रका संयोजक लुमबहादुर कार्की ‘बद्री’, राज्यसमिति सदस्य राजेन्द्र, वाइसीएल दाङका संयोजक रमेश हिताङ्गी, युवा परिचालन समितिका संयोजक प्रमोेद लगाएत बैठकमा सहभागी सबैलाई पुनले प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रमको सञ्चालन तिर्थराज खनालले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *