उरहरी र टरिगाउँमा मतदातासँग दशैं मिलन कार्यक्रम

  
  प्रकाशित मितिः बिहिबार, कार्तिक ७, २०७०       | 113 Views   ||

दाङ, असोज २२ । एकीकृत नेकपा माओबादीका केन्द्रीय सदस्य तथा दाङ जिल्लाका इन्चार्ज जीबन गौतमले संविधानसभाको चुनाबमा एमाओबादीको जीत निश्चित भएको बताउनु भएको छ ।

उरहरी र टरिगाउँ गाबिसका पार्टी सदस्यहरु एवम् समर्थकहरुमाझ आयोजित दशैं मिलन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले यस्तो बताउनुभएको हो ।

एमाओवादीले उत्पीडित वर्ग, जाति, लिङ्ग र समुदायको पक्षमा आवाज उठाएको भन्दै गौतमले व्यक्तिभन्दा पार्टीको एजेण्डामा आम जनता गोलबन्द हुनुपर्ने बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अर्का केन्द्रीय सदस्य एवम् विशिष्ट अतिथि कुबेर वलीले अन्य पार्टीमा आन्तरिक द्वन्द्व बढेकोले एमाओबादीले दुई तिहाई मत ल्याउने अनुकूल वातावरण तयार भएको बताउनु भयो ।

उरहरी गाविस अध्यक्ष सीता चौधरीको अध्यक्षता एवम् सचिव केदार आचार्यको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा ४ न. क्षेत्रका उम्मेदवार रामजी चौधरी ‘मिलन’, एमाओवादी क्षेत्रीय संयोजक नरबहादुर पुन ‘तारा’, राज्यसमिति सदस्य साउने चौधरी, महिला मोर्चाका क्षेत्रीय संयोजक सिता वली, रामसागर लगायतले प्रशिक्षण मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *