एमाओवादी लक्ष्मीपुरले जिम्मेवारी बाँड्यो

  
  प्रकाशित मितिः बिहिबार, कार्तिक ७, २०७०       | 95 Views   ||

दाङ, असोज २४ । एकीकृत नेकपा (माओवादी) लक्ष्मीपुर गाउँ पार्टीको विस्तारित बैठकले कार्यकर्ताहरुको जिम्मेवारी बाँडफाँड गरेको छ ।

संविधानसभा निर्वाचनलाई मध्यनजर गर्दै आज सम्पन्न लक्ष्मीपुर गाउँ पार्टी कमिटीको बैठकले बुथकेन्द्रका संयोजक तथा जबस मोर्चाका संयोजकहरु तोकेको हो ।

बैठकले भैसकुर्मा बुथकेन्द्रमा पार्वता शर्मा, मावि झिङ्नी बुथकेन्द्रमा फर्साराम नेपाली, उमावि गोग्ली बुथकेन्द्रमा चन्द्र परियार, निमावि सुनपुरमा गेदलाल रिजाल, लक्ष्मीपुर गाविस भवन बुथकेन्द्रमा बसन्त घिमिरे र निमावि सवारीकोट बुथकेन्द्रमा मनिराम पुनलाई संयोजक तोकिएको छ ।

त्यस्तै, जबस मोर्चातर्फ दलित मुक्तिमोर्चाको फर्साराम विक, मगर मोर्चाको लालकुमार रोका, थारु मोर्चाको आशाराम चौधरी, वाइसीएलको सोनु केसी, विद्यार्थीको गिरबहादुर महरा र शिक्षकको संयोजकमा धर्मबहादुर पुनलाई तोकिएको छ ।

लक्ष्मीपुर गाविस अध्यक्ष बसन्त अधिकारीको अध्यक्षता एवम् एकीकृत माओवादी दाङ क्षेत्र नं. २ का उम्मेदवार होमबहादुर पुन ‘रोहित’को प्रमुख आतिथ्यमा भएको बैठकमा एमाओवादी क्षेत्र नं. २ का संयोजक लुमबहादुर कार्की ‘बद्री’, राज्यसमिति सदस्यहरु प्रमोद मगर, बादल, राजेन्द्र, जमुनालगायतले बोल्नुभएको थियो ।

बैठकको सञ्चालन लक्ष्मीपुर गाउँ पार्टीका उपाध्यक्ष भीमबहादुर पुनले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *