दाङ, असोज २४ । वाइसिएल लालमटियाको गाउँ कमिटी भेला बिहीबार आज मसुरियामा सम्पन्न भएको छ । भेलाले तिलक अधिकारीको अध्यक्षतामा ५१ सदस्यीय गाविस स्तरीय समिति गठन गरेको छ ।
समितिका पदाधिकारीहरुमा उपाध्यक्ष मनिराम चौधरी र हेमराज रोका, सचिव सुरजमान चौधरी, कोषाध्यक्ष माधव श्रेष्ठ र सहसचिव प्रेम खत्री रहनुभएको छ ।
एमाओवादी लालमटियाका अध्यक्ष श्यामेश चौधरीको अध्यक्षता एवम् वाइसिएल दाङका अध्यक्ष रमेश हितांगीको प्रमुख आतिथ्यमा भएको भेलामा वाइसिएल दाङका सहसचिव सुदन बोहरा, लालमटिया गाउँ पार्टी सचिव तीर्थराज खनाललगायतले बोल्नुभएको थियो ।