एमाओवादीले दुई तिहाई ल्याउँछः शर्मा

  
  प्रकाशित मितिः बिहिबार, कार्तिक ७, २०७०       | 97 Views   ||

घोराही, २३ असोज । एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य एवं रुकुम क्षेत्र नं. २ का उम्मेदवार जनार्दन शर्मा ‘प्रभाकर’ ले मंसिर ४ गते हुने संविधानसभा निर्वाचनमा आफ्नो पार्टीले दुई तिहाई मत ल्याउने दावी गर्नुभएको छ ।

बुधवार घोराहीमा जिल्लास्तरीय युवा प्रशिक्षणमा उहॉले एमाओवादीस‘ग मात्रै देश र जनतालाई समृद्ध बनाउने योजना भएको उल्लेख गर्दै जनताले दुई तिहाइ मत दिने बताउनुभयो ।

पूर्वशान्तिमन्त्रीसमेत रहनुभएका शर्माले भन्नुभयो– ‘शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका कुरालार्ई मौलिक अधिकारका रुपमा राख्ने, देशको आर्थिक विकास, उत्पीडित वर्ग, क्षेत्र, जाति र लिङ्गलाई अधिकारसम्पन्न बनाउने योजना र एजेण्डा एमाओवादीस‘ग मात्रै छ ।’

उहॉले हिजो पार्टी र नेताको ध्यान संविधान बनाउने कुरामा मात्र केन्द्रित हु‘दा विकास निर्माण, जनतालाई रोजगारी र खाद्यान्नजस्ता सुविधा दिन नसकेको स्वीकार गर्दै अब संविधान निर्माण, जनताका माग र विकास स‘गस‘गै गर्ने बताउनुभयो ।

‘हिजो एमाले र मधेशी मोर्चाको बैशाखी टेकेर सरकारमा जानुपर्ने र उनीहरुबाट निरन्तर असहयोग गर्ने काम भयो’–उहॉले भन्नुभयो– ‘पार्टीभित्र पनि वैद्यजीसहित केही मित्रहरुले काम गर्न दिनुभएन, जसका कारण कार्यकर्ता र जनताको काम सोचेअनुसार गर्न सकिएन ।’

नेता शर्माले अब उत्पादन ब्रिगेडमार्फत आर्थिक समृद्धिको दिशामा देशलाई अगाडि बढाउने र युवाहरुलाई स्वरोजगार बनाउने पनि धारणा राख्नुभयो । उहॉले युवाहरुले बलिदान गरेकै कारण देशमा परिवर्तन भएको बताउनुभयो । दशवर्षको जनयुद्धलाई स्मरण गर्दै उहॉले संविधानसभा पनि लडाइ“को अर्को मोर्चा भएको र यसले क्रान्तिका बॉकी कार्यभार पूरा गर्ने बताउनुभयो ।

एमाओवादी दाङका संयोजक एवं क्षेत्र नं. ३ का उम्मेदवार निर्मल आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा वाईसिएल दाङका अध्यक्ष रमेश हिताङ्गी, पूर्वजनमुक्ति सेनाका कमाण्डरहरु जेसिस, क्रान्ति, प्रभातलगायतले बोल्नुभएको थियो ।

युवा परिचालन ब्यूरोका संयोजक भीमदत्त खड्का ‘सन्तोष’ को स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन थारुवान राज्य समिति सचिवालय सदस्य एवं क्षेत्र नं. २ का प्रत्यक्षतर्फका उम्मेदवार होमबहादुर पुन ‘रोहित’ ले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *