डेढ सयजना एमाओवादीमा प्रवेश

  
  प्रकाशित मितिः बिहिबार, कार्तिक ७, २०७०       | 100 Views   ||

नारायणपुर, २३ असोज । नारायणपुर गाविसका १ सय ५० जना कांग्रेस, एमाले र मालेका नेता कार्यकर्ताहरु एमाओवादीमा प्रवशे गरेका छन् । बुधवार नारायणपुरमा भएको पार्टी प्रवेश कार्यक्रममा उनीहरु एमाओवादीमा प्रवेश गरेका हुन् ।

यसरी एमाओवादीमा प्रवेश गर्नेहरुमा नारायणपुर गाविसका वडा नं. २, ५, ४ र ७ का नेता कार्यकर्ता रहेको एमालेवादी दाङले जानकारी दिएको छ ।

पार्टी प्रवेश गर्नेहरुमा नेकपा मालेका जिल्ला सदस्य बुद्धिराम चौधरीका साथै भोजबहादुर विक, हुमलाल चौधरी, निर्मला चौधरी, लहानु चौधरी, सोमल्या चौधरी, जगलाल चौधरीलगायत रहनुभएको छ ।

नवप्रवेशीहरुलाई एमाओवादीकी केन्द्रीय सदस्य सुषमा शर्मा घिमिरे र दाङ जिल्ला संयोजक एवं क्षेत्र नं. ३ का उम्मेदवार निर्मल आचार्यले टीका र मालाले स्वागत गर्नुभएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य सुषमा शर्मा घिमिरेले जनता अनुुकूल संविधान नबन्दासम्म वर्गसंघर्ष जारी रहने बताउनुभयो ।

त्यस्तै पार्टी जिल्ला संयोजक आचार्यले शान्ति र संविधान निर्माण प्रक्रियालाई एमाले कांग्रेसले बिथोलेका कारण समग्र देश विकासको जिम्मेवारी एमाओवादीको काधमा आएको दावी गर्नुभयो ।

नारायणपुर गाविस अध्यक्ष सुशीला शर्माको अध्यक्षतामा भएको कार्यक्रममा थारुवान राज्य समिति सचिवालय सदस्य मिलन डागी, राज्य समिति सदस्य तथा ४ नं. निर्वाचन क्षेत्रका संयोजक गिरिराज केसी, सल्लाहकार जंगवीर चौधरी, बुद्धिराम चौधरीलगायतले बोल्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन एमाओवादी नारायणपुर गाविस सचिव भक्तिराम शर्माले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *