३ नं. क्षेत्रको क्षेत्रीय सम्पर्क कार्यालय नारायणपुरमा

  
  प्रकाशित मितिः बिहिबार, कार्तिक ७, २०७०       | 126 Views   ||

दाङ, असोज २४ । एकीकृत नेकपा माओवादी दाङ क्षेत्र नं ३ को क्षेत्रीय सम्पर्क कार्यालय नारायणपुरमा खोलिएको छ । क्षेत्र नं. ३ का उम्मेदवार निर्मल आचार्य ‘विमल’ले बिहीबार एक कार्यक्रमका बीच कार्यालयको ताला खोली सम्पर्क कार्यालयको उद्घाटन गर्नुभएको हो ।

हापुर, नाराणपुर र ढिकपुर गाविसलाई लक्षित गरि कार्यालय सञ्चालन गर्न लागेको एमाओवादी क्षेत्रीय संयोजक श्यामकुमार वुढामगर चिन्तनले जानकारी दिनुभयो । तीन गाविसका इञ्चार्ज र कार्यालय ईञ्चार्जको संयोजक मिलन डाँगीलाई दिएको बुढाले जानकारी दिनुभयो ।

कार्यालय सचिवमा सालिकराम पौडेल, सदस्यहरुमा रमेश चौधरी, डम्मर गौतम, भीमबहादुर गुरुङ, गोपाल बुढा, अशोक परियार, उत्तम नेपाली र नवीनकुमार बस्नेत रहनुभएको छ ।

यसैबीच एमाओबादी क्षेत्र नं. ३ अन्तर्गत हापुर, नारायणपुर र ढिकपुर गाविसका पार्टी सदस्यहरुको प्रशिक्षण कार्यक्रम बिहीबार नारायणपुरमा सम्पन्न भएको छ ।

३ नं. निर्बाचन क्षेत्रका संयोजक श्यामकुमार बुढा ‘चिन्तन’को अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा एमाओवादी केन्द्रीय सदस्य दाङका इन्चार्ज जीवन गौतम, केन्द्रीय सदस्य तथा ३ नं. क्षेत्रका उम्मेदवार निर्मल आचार्य ‘विमल’ र केन्द्रीय सदस्य सुश्मा शर्मा घिमिरेले प्रशिक्षण दिनुभएको थियो ।

सो अवसरमा हापुरका सीता विष्ट, तुकमान विष्ट, सुशीला योगी र कांग्रेसका निर्मला विक र निमा विकले एमाओवादीमा प्रवेश गर्नुभएको थियो ।

पार्टी प्रवेश गर्नेहरुलाई उम्मेदवार आचार्यले टिका र माला लगाएर स्वागत गर्नुभएको थियो । उक्त कार्यक्रमको सञ्चालन थारुवान राज्यसमिति सदस्य मिलन डाँगीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *