रामपुरमा बुथकेन्द्र इन्चार्ज तोकिए

  
  प्रकाशित मितिः बिहिबार, कार्तिक ७, २०७०       | 89 Views   ||

दाङ । एकीकृत नेकपा (माओवादी) रामपुर गाउँ कमिटीको बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

गाउँ कमिटी अध्यक्ष राजु थापाको अध्यक्षता एबं २ नम्बर निर्बाचन क्षेत्रका उम्मेदवार होमबहादुर पुनको प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएको हो ।

बैठकले गंगा उमावि रामपुर बुथमा तुलाबहादुर बिक, नयाँ गाउँ बुका बुथकेन्द्रमा हरि रिजाल, निमावि सिमलतारा बुथकेन्द्रमा छविलाल घर्तीलाई इन्चार्जको जिम्मेवारी दिएको छ ।
विस्तारित बैठकमा एमाओवादी क्षेत्रीय इन्चार्ज लुमबहादुर कार्की ‘बद्री’, राज्यसमिति सदस्य प्रमोद मगर, बादल, राजेन्द्रलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *