फूलबारी गाविसमा प्रशिक्षण

  
  प्रकाशित मितिः बिहिबार, कार्तिक ७, २०७०       | 98 Views   ||

दाङ, असोज २६ । एकीकृत नेकपा माओवादीको चुनावी प्रचार अभियान अन्तर्गत फूलबारीमा शनिबार विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा एमाओवादी क्षेत्र नं. ४ का उम्मेदवार रामजी चौधरी ‘मिलन’, राज्य समिति सचिवालय सदस्य नरबहादुर पुन ‘तारा’ र वाइसीएल क्षेत्र नम्वर ४ का संयोजक किरण वलीले सहभागीलाई निर्वाचन र एकीकृत माओवादीका एजेण्डाका बारेमा प्रशिक्षण दिनुभएको थियो ।

बाबुराम बिकको सञ्चालनबाट शुरु भएको कार्यक्रमको अध्यक्षता फूलबारी गाविस अध्यक्ष सञ्जय नेपालीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *