पुरन्धाराको बैंसेरीमा १ सय १ सदस्यीय चुनाव प्रचार प्रसार समिति

  
  प्रकाशित मितिः बिहिबार, कार्तिक ७, २०७०       | 98 Views   ||

दाङ, असोज २७ । एकीकृत नेकपा (माओवादी)को चुनावी अभियान अन्तर्गत आज (आइतबार) पुरन्धारा– ७ बैंसेरीमा सम्पन्न वडा भेलाले १ सय १ सदस्यीय चुनाव प्रचार प्रसार समिति गठन गरिएको छ ।

वडा अध्यक्ष मानबहादुर घर्तीको अध्यक्षतामा १ सय १ सदस्यीय चुनाव प्रचार प्रसार समिति र वडा सदस्य तुलसी घर्तीमगरको संयोजकत्वमा ४३ सदस्यीय युवा परिचालन समिति गठन गरिएको हो ।

वडा अध्यक्ष घर्तीको अध्यक्षता एवम् थारुवान राज्यसमिति सचिवालय सदस्य प्रमोद धितालको प्रमुख आतिथ्यमा भएको भेलामा प्रमुख अतिथि धिताल, राज्यसमिति सदस्य एवम् पुरन्धारा गाविस उपाध्यक्ष ध्रुव घर्तीमगर र राज्यसमिति सल्लाहकार कृष्ण केसीले संविधानसभा निर्वाचन र पार्टीको अवस्थाका बारेमा प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा सहभागी कार्यकर्ता एवम् मतदाताहरुलाई तुलसी घर्तीमगरले स्वागत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *